घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पार्टीबाट निलम्बित, यस्ता छन् आधार
काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल समूहका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । बुधबार नेताद्वयले पठाएको जवाफमा पार्टी अध्यक्षलाई नै स्पष्टीकरण सोधिएको भन्दै दलबाट निलम्बन गरिएको हाे । दुवै नेतालाई समान व्यहाेराकाे पत्र पठाई निलम्बन गरिएकाे हाे ।
‘तपाईले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने, उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्ति सहित अहंकार र आत्म केन्द्रित कुरा उल्लेख गरी स्पष्टीकरण जवाफ दिएको देखियो,’ बिहीबार दुई नेतालाई गरिएको कारबाही पत्रमा भनिएको छ ।
स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुलत्रुटि स्वीकार नगरेको ओलीले पत्रमा उल्लेख गरेका छन् । ओलीले कारबाही पत्रमा ‘कुनै आत्मसमीक्षा नगरिएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखियो । आफ्नो स्वार्थका लागि देश जनता र पार्टीको हितलाई जस्तो सुकै क्षति पुर्याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्टि भएको’ लेखेका छन् ।
उनीहरुले आपराधिक कृयाकलाप नस्वीकारेको आरोप समेत पत्रमा लगाइएको छ । भुलसुधार गर्ने तथा विगतमा गरिएका गलत कार्यप्रति प्रायश्चित नगरिएको पत्रमा उल्लेख छ । ‘प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईले उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको देखियो,’ पत्रमा भनिएको छ । उनीहरुको कार्यले पार्टीमा गुटगत क्रियाकलाप भएको ओलीको पत्रमा उल्लेख छ ।
दशौं महाधिवेशन आयोजक कमिटी सदस्य, पार्टीका सबै जिम्मेबारीबाट ६ महिनाका लागि निलम्बन गरिएको छ । उनीहरुलाई प्रतिनिधि सभासदस्य पद भने कायम रहने गरी कारबाही गरिएकाे छ । दशौं महाधिवेशन आयोजक कमिटीलाई माधव नेपाल पक्षले अवैधानिक भन्दै अस्वीकार गर्दै आएको छ ।
पार्टी अध्यक्षको तर्फबाट महासचिव ईश्वर पोखरेलले चैत ८ मा सोधेको स्पष्टीकरण पत्रको जवाफ तीन दिनभित्र दुवै नेताले नबुझाएपछि पुनः चैत १६ मा पत्र लेखिएको थियो । भुसाल र पाण्डेले बुधबार लामो स्पष्टीकरण बुझाउँदै ओली नै पार्टी फुटवादी भएको आरोप लगाएका थिए ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


