सर्वोच्चको निर्णय पश्चात रिसाए नारायणकाजी, सरकार गठन बारे गरे यस्तो खुलासा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै स्थायी कमिटीको औपचारिक बैठक बसेर समसामयिक राजनीति बारे निर्णय लिने बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको अनौपचारिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता श्रेष्ठले एक–दुई दिनभित्रमा स्थायी कमिटीको औपचारिक बैठक बसेर वर्तमान राजनीतिक घटनाक्रमको सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय लिने बताए ।
बिहीबारको अनौपचारिक बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्नुका साथै विभिन्न राजनीतिक दलहरूसँग भएका वार्ताको ब्रिफिङ गर्ने काम भएको उनले बताए । बैठकमा पार्टीको सांगठनिक प्रक्रियाको विषयमा पनि प्रारम्भिक छलफल भएको बताए ।
नेता श्रेष्ठले प्राविधिक रूपमा पत्र लेखेर समर्थन फिर्ता गर्न बाँकी रहे पनि वर्तमान सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको बताए । आफूहरूले समर्थन फिर्ता नलिएका कारण नेपाली कांग्रेस र जसपाले सरकार बारे निर्णय गर्न नसकेको कुरा सत्य नभएको पनि श्रेष्ठले बताए ।
उनले भने, ‘हामीले औपचारिक रूपमा हाम्रो पार्टीको यो सरकार समर्थन छैन भनेर लेखेर दिने प्राविधिक कुराका कारणले नेपाली कांग्रेस र जसपाले निर्णय नगरेको भन्नेकुरा सत्य होइन । नेपाली कांग्रेस र जसपाले आफ्नै दृष्टिकोणका आधारमा निर्णय गर्नुपर्यो यो सरकारलाई राख्ने कि अविश्वासको प्रस्ताव पेस गर्ने ? त्यसको निम्ति हामी गम्भीर अपिल गर्दछौँ ।’
नेता श्रेष्ठले माओवादी केन्द्रले वर्तमान संसद्लाई पूरा अवधि क्रियाशील गराउन चाहेका कारण सरकारलाई औपचारिक रूपमा समर्थन फिर्ता गर्नुअगाडि पार्टीले सम्पूर्ण राजनीतिक पार्टीहरूसँग छलफल गरेर राजनीतिक परिस्थितिको ठीक आकलन गर्ने काम गरिरहेको पनि बताए ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

