ओली सरकारकै पालामा चुनाव !
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन दलहरु अझै सफल हुनसकेका छैनन् । ओलीले मन्त्रिपरिषद् बैठकबाट प्रतिनिधि सभा विघटन गराएको र त्यो कदमलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले ब्युँताएको डेढ महिना पुग्न लाग्दा पनि बहुमतको सरकार यथावत् छ ।
ओलीलाई हटाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी तीनवटा दलको समिकरण बनाउने प्रयास सफल हुन सकेको छैन । काँग्रेस सभापति शेरबहादुर देउवा चुनावको पक्षमा छन् । जसपा अध्यक्ष महन्थ ठाकुर पनि चुनावकै पक्षमा छन् । चुनावको पक्ष र विपक्षमा सबै दलभित्र ध्रुवीकरण भएको छ ।
प्रधानमन्त्री ओली अब विश्वासको मत पनि लिन नसक्ने अवस्थामा पुगेका छन् । एमालेभित्रै उनीविरुद्ध मोर्चाबन्दी छ । अर्कोतर्फ, ओलीविरुद्ध अर्को प्रधानमन्त्रीको प्रस्ताव जाँदा पनि बहुमत पाउने सम्भावना कमजोर छ । यसकारण ठुलो दलको हैसियतले ओली नै प्रधानमन्त्री बनेर अर्ली इलेक्शनमा जाने सम्भावना बलियो भएको छ ।
देश ढिलोचाँडो चुनावमा जाने निश्चितप्रायः भएपनि को प्रधानमन्त्री भन्नेबारे विभिन्न अड्कलवाजी भइरहेका छन् । बहुमतको सरकार नरहने अवस्थापछि अल्पमतको सरकार बन्ने र त्यसपछि चुनावमा जाँदा ओली नै प्रधानमन्त्री बन्ने बलियो आधार छ । ओलीको नेतृत्वमा चुनावमा जान दलहरु तयार नभएको अवस्थामा संविधान संशोधन गरेर भएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाउने सम्भावना रहन्छ । सबैभन्दा बलियो सम्भावना भनेको ओलीकै नेतृत्वमा चुनाव हुने देखिदैछ ।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

