जन्मियो अनौठो तीन लिङ्गी बच्चा
संसारमा कहिलेकाहीं अनाैठा घटना हुन्छन् । मध्यपूर्वी मुलुक इराकमा हालै मानव इतिहासकै पहिलो र अनौठो घटना भएको छ । त्यहाँ तीनवटा यौनाङ्ग भएको बच्चा जन्मिएको छ ।
इराकको मोसुल शहरमा अनौठो शारीरिक विकृतिसहितको बच्चा जन्मिएको हो। उक्त बच्चाको शरीरमा तीनवटा लिङ्ग भएको पाइएको छ । स्थानीय एक अस्पतालमा एक दम्पतीले उपचारका लागि हालै एकजना तीन महिने शिशु ल्याएका थिए। अण्डकोष सुन्निने समस्या देखिएपछि उनीहरुले आफ्नो छोरालाई उपचारका लागि अस्पताल ल्याएका थिए ।तर, जब डाक्टरहरुले सुन्निएको अण्डकोषको परीक्षण गरे, त्यहाँ त दुईवटा नयाँ लिङ्ग पलाउन थालेका रहेछन् ।
तीनवटा लिङ्गमध्ये एउटा आम मानिसमा हुने सामान्य आकार प्रकारको लिङ्ग छ । दोश्रो लिङ्ग चाहिं मूल लिङ्गको फेदबाट पलाएको छ भने तेश्रो लिङ्ग अण्डकोषको थैली भित्रबाट निस्किएकाे छ । चिकित्सा भाषामा यसलाई ट्राइफालिया भनिन्छ। विश्वमा कुनै पनि व्यक्तिमा तीनवटा लिङ्ग भएको पाइएको यो नै पहिलो घटना हो । तीनवटा यौनाङ्ग भएको बालक सम्बन्धी उक्त रिपोर्ट इन्टरनेशनल जर्नल अफ सर्जरी केसमा प्रकाशित भएको छ । डाक्टरहरुका अनुसार उक्त बच्चामा पलाएका दुईवटा अतिरिक्त लिङ्गहरु विकशसत अवस्थामा थिएनन् र तिनमा युरेथ्रा लगायतका भाग पनि थिएनन् । त्यसैले डाक्टरहरुले ती दुई अतिरिक्त लिङ्गलाई शल्यक्रिया गरेर फ्याँकिदिए।
एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

