बालुवाटारमा सर्वदलीय बैठक सुरु: प्रचण्डलाई निम्तो नै पुगेन, देउवा र ठाकुर सहभागी
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री ओलीसहित प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका नेता महन्थ ठाकुर लगायत सहभागी छन्। तर नेकपा माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्ष बैठकमा सहभागी छैन। बैठकको निम्तो नआएको भन्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एमाले नेता नेपाल सहभागी नभएका हुन्। प्रचण्डलाई सर्वदलीय बैठकको निम्तो नै नआएको दाहाल सचिवालय श्रोतले जनाएको छ। यस्तै नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि बैठकमा सहभागी भएका छैनन्।
पछिल्लो राजनीतिक परिवेश, बढ्दै गएको कोरोना भाइरसको महामारीसहितका विषयमा छलफल गर्नका लागि बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बैठकमा बोलाइएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गर्न सकिने प्रयास तथा राजनीतिक गतिरोध अन्त्यबारे छलफल हुने जनाइएको छ । पछिल्ला दिनमा देशका विभिन्न क्षेत्रमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा छ । सरकारले १४ जिल्लालाई कोरोना अति प्रभावित घोषणा गरेको छ ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
