बालुवाटारमा सर्वदलीय बैठक सुरु: प्रचण्डलाई निम्तो नै पुगेन, देउवा र ठाकुर सहभागी
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री ओलीसहित प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका नेता महन्थ ठाकुर लगायत सहभागी छन्। तर नेकपा माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्ष बैठकमा सहभागी छैन। बैठकको निम्तो नआएको भन्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एमाले नेता नेपाल सहभागी नभएका हुन्। प्रचण्डलाई सर्वदलीय बैठकको निम्तो नै नआएको दाहाल सचिवालय श्रोतले जनाएको छ। यस्तै नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि बैठकमा सहभागी भएका छैनन्।
पछिल्लो राजनीतिक परिवेश, बढ्दै गएको कोरोना भाइरसको महामारीसहितका विषयमा छलफल गर्नका लागि बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बैठकमा बोलाइएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गर्न सकिने प्रयास तथा राजनीतिक गतिरोध अन्त्यबारे छलफल हुने जनाइएको छ । पछिल्ला दिनमा देशका विभिन्न क्षेत्रमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा छ । सरकारले १४ जिल्लालाई कोरोना अति प्रभावित घोषणा गरेको छ ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


