ओलीको सत्ता भारतले जोगाइदिएको हो ?
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा देश विशेषको नाम लिएर सायदै कुनै टिप्पणी गर्छन् । तर, यसपटक उनले दक्षिणी छिमेकी भारतको नामै किटेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडे । उनले ओलीलाई भारतको टाङमुनी छिरेको आरोप लगाए ।
सोमबार नेविसंघको स्थापना दिवसमा आयोजित कार्यक्रममा देउवाले ओलीमाथि इन्डियाको शरणमा परेको आरोप लगाउनु निकै अर्थपूर्ण रह्यो । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीलाई भारतले साथ दिइरहेको आशयसहितको टिप्पणी गरे । उनले भारतलाई पनि कम्फरटेबल हुने काँग्रेस र जनता समाजवादी पार्टीसहितको सरकारको पनि प्रसङ्ग उठाएका थिए । ओलीलाई भारतले नै सत्तामा रहन साथ दिइरहेको प्रचण्डको पनि बुझाई देखिन्छ । उनको पछिल्ला अभिव्यक्तिहरुको आशय पनि यही हो ।
प्रचण्डले भारततर्फ संकेत गर्दै ओलीले सत्ताका लागि देश र जनतालाई नै बन्धकीमा राखेको आरोप लगाइसकेका छन् । पार्टी फुटिसकेको र फुटिसकेको पार्टीभित्रको माधवकुमार नेपाल समूह पनि विद्रोही बनिसक्दा पनि ओली सत्तामा टिक्नुले कस्ले जोगाइरहेको छ ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
कुनैबेला भारतप्रति कडा रुपमा प्रस्तुत भएका ओली पछिल्लो समयमा नरम बनिसकेका छन् । उनले भारतको सत्तापक्ष भारतीय जनता पार्टीलाई आश्वस्त पार्ने गरी धार्मिक गतिविधि देखि अध्यात्मिक विचारहरु प्रकट गरिरहन्छन् । यसले पनि ओलीलाई भारतले साथ दिएको विश्लेषणलाई बल पुग्ने गरेको छ ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षधर ओलीसँग सहकार्य गर्न थालेको छ । लुम्बिनी प्रदेशमा त्यस्तो सहकार्य देखिइसकेको छ । ठाकुरको भूमिकाले ओली सरकार हटाउने प्रयासहरु सफल हुन सकेको छैन । जसपाको भूमिकाका कारण पनि भारतले ओलीलाई नै साथ दिइरहेको चर्चा चल्दै आएको छ । संविधान जारी गर्दा देखि चुच्चे नक्शा जारी गर्दा ओलीसँग निकै असन्तुष्ट भारतले अहिले किन यस्तो कदम चालिरहेको छ भनी चासो सर्वत्र छ ।
देउवाले त ओलीले भारतको विरोध गरेर चुनाव जितेको र अहिले भारतकै शरणमा परेको खुलेआम भनिसकेका छन् । भारतलाई खुशी पारेर ओलीले सत्ता टिकाउन खोजेको देउवाको आरोप त्यस्तो बेलामा आएको छ जतिबेला उनी प्रधानमन्त्री बन्ने दौडमा अगाडि छन् ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


