राष्ट्रिय सभाको उम्मेदवार बादललाई बनाउने एमालेको निर्णय
नेकपा एमालेले रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदमा पार्टीका नवनियुक्त स्थायी समिति सदस्य रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भएको छ । यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित बादललाई पार्टीले कारवाही गरेपछि उनको राष्ट्रिय सभा सदस्यको पद गुमेको थियो । निर्वाचन आयोगले बिहीबार मात्र राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति तोकेको थियो । आयोगले थापाको रिक्त स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उप निर्वाचनद्वारा पूर्ति गरिने कानूनी व्यवस्था छ । सोही बमोजिम सरकारले निर्वाचन आयोगको परामर्शमा उप निर्वाचनको मिति तोकेको उनले जानकारी दिए ।
उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन्। एक सय १० जना प्रदेश सदस्य र २ सय ३८ पालिका प्रमुख उपप्रमुख रहेको छन् । जसको मतदानबाट राष्ट्रिय सदस्यको नयाँ सदस्य चयन हुनेछ ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


