काठमाडौं उपत्यकामा हाइ अलर्ट ! किन बढाइयो सुरक्षाकर्मी ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गर्ने गरी आएको सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा तैनाथी बढाइएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीका विपक्षमा फैसला सुनाएपछि ओली समर्थक अहिले अदालतको फैसलाको विरुद्ध सकडकमा उत्रिएका छन् ।
विरोध, प्रर्दशन र झडप हुनसक्ने सम्भावना बढेपछि काठमाडौं उपत्यकाभित्र थप सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘सुरक्षाकर्मीलाई अलर्ट गरिएको छ । प्रदर्शन, विरोध हुन सक्ने स्थानमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ,’ महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख एआइजी हरिबहादुर पालले भने ।
नेकपा एमालेको भातृ संगठन युवा संघले माइतीघरमा विरोध प्रदर्शन गरेको छ । त्यस्तै, साँझ जुलुस निकाल्ने तयारीको समेत सूचना पाएको प्रहरीले सुरक्षाकर्मी र सादा पोशाकमा समेत मुभ गराएको छ । प्रहरी स्रोतका अनुसार सुरक्षा थ्रेट हुन सक्ने व्यक्ति, घर र कार्यालयमा समेत सुरक्षाकर्मीको निगरानी बढाइएको छ ।
राजनीतिक दलका नेता, सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता लगायत माथि सुरक्षा थ्रेट बढी रहेको एसिसमेन्टका आधारमा सुरक्षा निगरानी बढाइएको हो । त्यस्तै, अदालतको आसपासमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


