Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

मन्त्री तोक्ने जिम्मा प्रचण्डलाई

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, असार, २९
मन्त्री तोक्ने जिम्मा प्रचण्डलाई

नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारमा कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।

बैठकपछि एक नेताले भने, ‘सरकारको विषयमा काँग्रेससँग थप छलफल गर्ने निर्णय भएको छ, त्यसपछि मन्त्री तोक्न सकेसम्म अर्को स्थायी कमिटीको बैठक बोलाउने, नभ्याइए अध्यक्षले नै टुंगो लगाउने निर्णय भएको छ ।’

सोही अनुसार राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेकी छिन् भने आजै उनले सानो आकारको मन्त्रिपरिषद गठन गर्न लागेका छन् ।

Top Changing Nepal

युट्युब सट्स