Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

जीउमा लुगा कम लगाउँदा जहाजमै चढ्न पाइनन् यी मोडेल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, असार, ३०
जीउमा लुगा कम लगाउँदा जहाजमै चढ्न पाइनन् यी मोडेल

अमेरिकामा एकजना टर्किस मोडेललाई जहाज चढ्नमा प्रतिबन्ध लगाइएको छ । शरीरमा निकै कममात्र कपडा लगाएको र त्यस्तो पहिरनले जहाजमा चढेका अन्य यात्रुहरुलाई डिस्टर्ब गर्नसक्ने भन्दै टर्किस बडी विल्डर, सोसल मिडिया सेलिब्रेटी तथा मोडेल डेनिज सेपिनारलाई जहाज यात्रामा रोक लगाइएको हो ।

गत जुलाई ८ मा टेक्सास बाट मियामीका लागि अमेरिकन एयरलाइन्सको जहाजमार्फत् यात्रा गर्न लागेकी सेपिनारले सरीरमा छोटो जाँगे र छोटो टप्स लगाएकी थिइन् ।

आफूलाई पहिरनकै आधारमा अपमानित गरी जहाजमा चढ्नै रोक लगाइएको विषयमा सेपिनारले सोसल मिडियामा आक्रोस व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्, ‘म डेनिम शर्टस् लगाएकै कारण संसारकै सबैभन्दा खराब व्यक्तिकै रुपमा व्यवहार गरिनुपर्ने व्यक्ति होइन । मैले अपमानित महसुस गरिरहेकी छु । उनीहरुले मलाई जहाज चढ्न दिएनन् किनकी मैले यो जाँगे अमेरिकामा लगाएकी थिएँ ।’

उनले इन्स्टाग्राममा अमेरिकी एयरल्यान्सलाई ट्याग गर्दै अर्को पोस्ट पनि गरिन् जसमा लेखिएको थियो, ‘म एक खेलाडी हुँ र अब मलाई बिहानसम्म यहीँ पर्खिनुपर्ने भयो । मलाई यस्तो महिलामैत्री कपडा लगाउन मन पर्दछ जसले मेरो महिलापन देखाओस् । तर मैले कहिल्यैपनि यस्तो खाले कपडा लगाउँदिन जसले अरु कसैलाई ठेस पुगोस् ।’
उनले आफ्ना फलोअर्सलाई सम्बोधन गर्दै आफु नांगै नभएको र कुनै अभद्र पहिरन नलगाएको दाबी गरेकी छिन् ।

स्मरण रहोस् अमेरिकन एयरलाइन्सको उडान नियम अनुसार उडान यात्राका क्रममा यात्रुहरुले ठीक तरिकाले पोषाक लगाउनु आवश्यक हुन्छ । आपत्तिजनक कपडा वा खाली खुट्टा जहाज चढ्न पाइँदैन ।

स्मरण रहोस् शारीरिक सुगठनकी खेलाडी अर्थात् बडी विल्डर सेपिनार अन्तराष्ट्रिय बडी विल्डर महासंघबाट मान्यता पाउने एकमात्र टर्किस महिला बडी विल्डर हुन् ।

एजेन्सीबाट

Top Changing Nepal

युट्युब सट्स