जंगलभित्र ७५ वर्षदेखि सयौँ कारको जाम (भिडियो सहित)
बेल्जियमको दक्षिण भागमा अवस्थित एउटा घना जंगलमा पछिल्लो ७५ वर्षदेखि कारको भीषण जाम भैरहेको छ ।
जंगलभित्र कारको ट्राफिक जाम, त्यो पनि ७५ वर्षदेखि ! यो अपत्यारिलो तर सत्य घटनाको यथार्थ चाहिं ऐतिहासिक नै छ ।वास्तवमा उक्त ठाउँमा दोश्रो विश्वयुद्धदेखि नै कारको जाम लागिरहेको छ र एक प्रकारले कारको विशाल चिहानको रुपमा रहेको छ ।
घना जंगलभित्र रहेको उक्त च्याटिलन कार ग्रेभयार्डमा ७५ वर्षदेखि ठूलो संख्यामा कारहरु थन्किएका छन् । ती कारहरु जिर्ण भैसकेका छन् र कारभित्रैबाट रुखबिरुवा पलाउन थालिसके । फ्रान्स र बेल्जियमको सीमा क्षेत्रमा पर्ने च्याटिलन गाउँ नजिकै छ उक्त कार चिहान । जहाँ ५०० भन्दा बढी कार त्यसै थन्किरहेका छन् वर्षौँदेखि ।
त्यहाँ कारहरु सडकमा ट्राफिक जाममा परेजस्तै गरी थन्काइएका छन् । जाममा परेको बेला ठूलो प्रलय भएर जहाँको त्यही अडि्कएजस्तै ।
उक्त ठाउँमा त्यति धेरै कार कसरी आए ? र कसरी थन्किए ? भन्ने कुरा रहस्यकै रुपमा रहेको छ । तर कतिपयको भनाइ अनुसार दोश्रो विश्वयुद्धका बेला त्यहाँ खटिएका अमेरिकी सेनाले ती कार ल्याएर जम्मा गरेका हुन् ।
अमेरिकी सेनाले चर्को कर तिर्नु नपरोस् भन्नका लागि ती कारहरु जंगलभित्र लगेर लुकाएका थिए । युद्ध समाप्त भएपछि अमेरिकी सेनाले ती कारहरु अमेरिका नै लैजान चाहन्थे तर युद्ध समाप्तीसँगै कारहरु त्यहाँबाट लगिएनन् । जसका कारण जंगलभित्र वर्षौँदेखि कारको चिहान बनिरहेको छ ।
एजेन्सी
हेर्नुस् भिडियो –
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

