बिहेको विचित्र परम्परा : तीन दिनसम्म बेहुला बेहुली ट्वाइलेट जान नपाउने
हरेक धर्म, समुदाय तथा मुलुकमा विवाहका आ आफ्नै रितिरिवाज तथा परम्पराहरु छन् । हाम्रो देशमा पनि विभिन्न समुदायमा अनेक खालका बिहे संस्कारहरु रहेको पाइन्छ । जसमा छोरीलाई चिउरीको बोट दाइजो दिनेदेखि, सम्धी लडाइँ गर्ने र छोरीलाई विषयको प्याला दिनेसम्मका ।
उता इण्डोनेसियामा पनि योभन्दा झनै अनौठो बिहे संस्कार छ । त्यहाँको एक समुदायमा बिहे गरेको तीन दिनसम्म नवविवाहित बेहुला बेहुलीलाई शौचालय जान प्रतिबन्ध लगाइन्छ ।
हो, इण्डोनेसियाको टिडंग समुदायमा यस्तो अनौठो परम्परा छ । यो परम्पराका विषयमा उक्त समुदायमा विभिन्न आस्था तथा मान्यताहरु छन् । त्यसैले उनीहरु यसलाई निकै महत्वपूर्ण मानेर पूर्णरुपमा पालना गर्दछन् ।
विवाह एक पवित्र समारोह हो र यदि नवविवाहित बेहुला बेहुलीहरु शौचालय गएमा त्यसले पवित्रता भंग गर्दछ र उनीहरु अशुद्ध बन्दछन् भन्ने मान्यताका साथ बिहेको तीन दिनसम्म बेहुला बेहुलीलाई ट्वाइलेट जान दिइँदैन । अटेर गरेर ट्वाइलेट गएमा त्यसलाई अशुभ मानिन्छ ।
यो परम्पराका पछाडिको अर्को कारण चाहिँ नवविवाहित जोडीलाई खराब नजरबाट बँचाउनु हो रे । उक्त समुदायमा के मान्यता छ भने मलमुत्र त्याग गर्ने ठाउँ अर्थात् ट्वाइलेट दुर्गन्धित हुने हुनाले त्यहाँ नकारात्मक शक्तिहरु हुन्छन् । यदि बिहे लगत्तै बेहुला बेहुली ट्वाइलेट गएमा उनीहरुमाथि नकारात्मकताको प्रभाव पर्न सक्दछ । त्यसले उनीहरुको दाम्पत्य जीवनमा समस्या ल्याउन सक्दछ र सम्बन्धमै फाटो आएर दाम्पत्य जीवन नै टुट्न सक्दछ भन्ने मान्यता सो समुदायमा रहेको छ ।
बिहेको तुरुन्तै पछि यदि बेहुला बेहुलीले शौचालयको प्रयोग गरेमा त्यो उनीहरुका लागि निकै हानिकारक हुनसक्ने मान्यता उनीहरुमा छ । त्यसो गर्दा दुईमध्ये कुनै एकजना ज्यानमै खतरा हुनसक्छ भनिन्छ ।
विवाहको तीन दिनसम्म ट्वाइलेट जान नपाउने परम्परा सजिलैसँग निभाउन सकुन् भन्नका लागि बेहुला बेहुलीलाई खाना तथा पानी कम दिइन्छ । उनीहरुको कडारुपमा निगरानी पनि गरिन्छ ।
नवविवाहित जोडीलाई तीन दिनसम्म घरभित्रै नजरबन्दमा राख्ने यो परम्परा पूर्ण पालना गर्दा बेहुला बेहुलीमा बलियो आत्मीय सम्बन्ध कायम हुने र स्वस्थ तथा खुसी बच्चा जन्मिने विश्वास रहिआएको छ ।
विज्ञहरुका अनुसार यति लामो समयसम्म दिसा पिसाब रोकिराख्नाले स्वास्थ्यमा नकारात्मक असर पार्दछ । तर यो समुदाय आफ्नो परम्पराका खातिर स्वास्थ्य समस्याहरु झेल्न तयार छ ।
एजेन्सी
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

