यस्तो शहर, जहाँ शपिङदेखि रेष्टुरेन्टसम्म नाङ्गै जान्छन् मानिसहरु
संसारमा विभिन्न देश तथा शहरहरुका आ-आफ्नै संस्कृति तथा विशेषता छन् । कतिपय ठाउँका चलनहरु त यस्ता हुन्छन् जो अरुभन्दा नितान्त फरक मात्र होइन निकै अनौठा र अपाच्य पनि लाग्दछन् ।
संसारमा एउटा यस्तै शहर छ जहाँ मानिसहरु निर्वस्त्र घुम्न सक्दछन् । त्यहाँका मानिसहरु शपिङ मलदेखि रेष्टुरेन्ट र जिमखानासम्मै कपडा नलगाइकन जान्छन् । त्यहाँका बासिन्दा मात्र होइन त्यहाँ आउने पर्यटकहरु पनि निर्वस्त्र जीवनको मज्जा उठाउँछन् ।
अनौठो लाइफस्टाइलका कारण सदैव चर्चा तथा विवादमा आइरहने शहरको नाम हो केप डी एज । फ्रान्सको यो शहर नग्न शहर अर्थात् न्युड सिटीको नामले पनि चिनिन्छ ।
यो संसारको एकमात्र यस्तो शहर हो जहाँ मानिसहरु नग्न पर्यटनका लागि आउँछन् । त्यहाँ आउने पर्यटकहरुले पनि नग्नताको हकमा कुनै पनि पावन्दीको सामना गर्नु पर्दैन ।
हरेक वर्ष गर्मीयाममा उक्त शहर विदेशीहरुले भरिभराउ हुन्छ । गर्मीमा समुद्री तटको मज्जा उठाउनका लागि त्यहाँ ५० हजार विदेशी पर्यटक पुग्छन् ।
केप डी एज सबैभन्दा प्रसिद्ध हनिमुन गन्तव्य पनि मानिन्छ । नवविवाहित जोडीहरु निर्वस्त्र भएर युगल जीवनको आनन्द उठाउनका लागि यो भन्दा उपयुक्त ठाउँ कहाँ होला ? शहर छेउँमा रहेको सुन्दर सामुदि्रक तट नांगा जोडीहरुले खचाखच हुन्छ ।
यो शहरमा एक्लै वा पाट्नरसँगै नाङ्गै हिँड्न पाउने स्वतन्त्रता भएता पनि सार्वजनिक स्थानमा अन्तरङ्ग क्रियाकलाप गर्न भने पाइँदैन । खुल्ला स्थानमा रोमान्स गर्नेमाथि १५ हजार युरो जरिमाना गर्ने नियम रहेको छ । साथै उक्त शहरमा फोटो खिच्न पनि प्रतिबन्धित छ ।
एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

