• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ जेठ २०८३, आइतबार
०३ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए
  • ७ घण्टा 

उच्च प्रदर्शन र आधुनिक सुविधासहित गोदरेज भिसि कुलर नेपाली बजारमा
  • ९ घण्टा 

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न
  • १० घण्टा 

सुनको मुल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

अण्डाको उत्पादन घट्दा मूल्य भने बढ्यो
  • १२ घण्टा 

१० महिनामा नेपालमा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रियो
  • १२ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १४ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १४ घण्टा 

२०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. १० महिनामा नेपालमा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रियो

  • ३. २०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै

  • ५. अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा

  • ६. ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन

  • ७. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. अण्डाको उत्पादन घट्दा मूल्य भने बढ्यो

  • १०. मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

‘विवाह गरेकै दिन श्रीमान्‌ले बलात्कार गरे’

admin २०७८, असार, ३१

एजेन्सी : इजिप्टका महिला यौनहिंसाबारे गरिने ‘तैँ चुप मै चुप’ को परम्परा तोडिरहेका छन् र वैवाहिक जीवनमा हुने बलात्कारमाथि खुलेर आफ्नो कुरा राखिरहेका छन् । यो एउटा यस्तो मुद्दा हो जसबारे इजिप्टमा कमै कुरा हुने गर्छ । चेतावनीः यो लेखमा यौन हिंसाबारे कुरा गरिएको छ । ३४ वर्षकी सफाको विवाह भएकै दिन उनका श्रीमानले उनलाई बलात्कार गरे । उक्त यौन हमलामा उनको गुप्ताङ्ग, नाडी र अनुहारमा चोट लाग्यो ।

उनी भन्छिन्, ‘म महिनावारी भइरहेकी थिएँ र म यौन सम्बन्धका लागि तयार थिइनँ । मेरा श्रीमानलाई लाग्यो कि म उनीसँग सम्बन्ध स्थापित नगर्न बहाना बनाइरहेकी छु । उनले ममाथि कुटपिट गरे, मेरो हात बाँधिदिएँ, मेरो मुख दबाए र बलात्कार गरे ।’ सामाजिक बदनामीको डरले सफाले आफ्ना श्रीमानविरुद्ध मुद्दा दर्ता गरिनन् ।इजिप्टको समाज पितृसत्तात्मक छ र त्यहाँ पीडित महिलामाथि नै आरोप लगाइने संस्कृति छ । सफालाई त्यतिबेला यसविरुद्ध आवाज उठाउनुपर्छ जस्तो लाग्यो जब उनले टिभीमा प्रसारित धारावाहिक न्यूटन्स क्रेडलको एउटा दृश्य देखिन् । यसमा एक श्रीमानले आफ्नी श्रीमतीलाई बलात्कार गरिरहेको देखाइएको थियो ।

यो दृश्य देखेर ती महिलालाई आफूमाथि भएको उत्पीडनको याद ताजा भयो । यसले उनलाई यसबारे सोसल मिडियामा खुल्ला रुपमा कुरा गर्न र आफ्नो अनुभव साझा गर्ने मौका पनि दियो । केही हप्ताभित्रै सयौं महिलाले सोसल मिडियामा आफूमाथि भएको अत्याचारबारे लेखे । फेसबुकमा स्पीक अप नामबाट बनाइएको एउटा पेजमा सात सयभन्दा बढी महिलाले आफ्नो कुरा राखे । यीमध्ये २७ वर्षकी साना पनि थिइन् । ‘विवाहको एक वर्षपछि म गर्भवती भएँ र मेरो सुत्केरी हुने समय नजिकिँदै थियो ।’

एक प्रचलित सामाजिक कुसंस्कारः

साना लेख्छिन्, ‘एउटा निकै साधारण कुरामा हामीबीच झगडा भयो र उनले मलाई सजाय दिने निश्चित थरे । उनले ममाथि जबरजस्ती गरे र बलात्कार गरे । मेरो गर्भपतन भयो ।’ सानाले सम्बन्धविच्छेदको लडाईं एक्लै लडिन् । अब उनी आफ्ना श्रीमानसँग होइन, एक्लै बस्छिन् । उनी आज पनि आफ्नो बच्चालाई सम्झेर रुन्छिन् ।

इजिप्टका थुप्रै इलाकामा श्रीमतीमाथि जबरजस्ती यौनसम्बन्ध स्थापित गर्नु, विशेषगरी विवाह भएको दिन, एउटा प्रचलित सामाजिक कुसंस्कार हो । यो मुद्दामाथि बहस त्यतिबेला थप तीब्र भयो जब एक चर्चित गायककी पूर्व श्रीमतीले इन्स्टाग्राममा आफ्नो अनुभव साझा गरिन् । उनले रुँदै आफ्नो वैवाहिक जीवनमा भएको बलात्कारको कहानी सुनाइन् । यो भिडियो इजिप्टमा भाइरल भयो । यसबारे मिडियामा पनि लेख प्रकाशित भयो ।

श्रीमानले यसको जवाफमा इन्स्टाग्राममा नै एउटा भिडियो पोस्ट गरेर सबै आरोपलाई आधारहीन बताउँदै यसलाई खारेज गरिदिए । उनकी श्रीमतीले यसलाई अपराध घोषणा गर्नुपर्ने बताउँदै यसका लागि कानूनमा परिवर्तनको माग गरेकी छिन् ।

महिलाले अस्वीकार गर्नु– एउटा पाप

इजिप्टको सरकारी संस्था नेशनल काउन्सिल फर विमन (राष्ट्रि महिला परिषद्) का अनुसार वैवाहिक जीवनमा बलात्कार, जबर्जस्ती यौन सम्बन्ध स्थापित गरिनु र यौन उत्पीडनको वार्षिक औसत मामिला ६५०० हो । महिलाका लागि कानूनी मद्दत प्रदान गराउने संस्थामा कार्यरत रेदा दानबूकी भन्छिन्, ‘इजिप्टमा महिलालाई यौन सम्बन्धका लागि २४ सै घण्टा उपलब्ध मान्नु सामान्य संस्कृति हो । वैवाहिक बलात्कारका लागि यही धारणा जिम्मेवार छ ।’

उनी थप्छिन्, ‘इजिप्टमा आम धार्मिक धार्मिक मान्यता यो छ कि यदि कोही महिला आफ्ना श्रीमानसँग यौन सम्बन्ध स्थापित गर्न अस्वीकार गर्छिन् भने यसलाई पापको संज्ञा दिइन्छ ।’ यो मुद्दामा बहसको समाधानका लागि इजिप्टमा धार्मिक मामिलाको सर्वोच्च संस्था दारउल इफ्ताले भनेका छन्, ‘यदि कोही पुरुष आफ्नी श्रीमतीलाई यौन सम्बन्ध स्थापित गर्न बाध्य पार्नका लागि हिंसाको प्रयोग गर्छन् भने उनी अपराधी हुन् र महिला यसको विरुद्धमा अदालत जान सक्छन् र अपराधीलाई सजाय दिलाउन सक्छन् ।’

दानाबूकी भन्छन्, ‘विमेन सेन्टर फर गाइडेन्स एन्ड लिगल अवेयरनेसले पछिल्लो दुई वर्षमा वैवाहिक जीवनमा बलात्कारका २०० मामिला दर्ता गरेको छ जसमा धेरैजसो विवाह भएकै दिन भए । यसको कारण यौन प्रति डर थियो । ’इजिप्टको कानूनअन्तर्गत वैवाहिक बलात्कार अपराध होइन । विश्व स्वास्थ्य संगठनले यसलाई यौन हिंसाकै एउटा रुप मान्छ । अदालतमा यसलाई प्रमाणित गर्न निकै मुश्किल हुने गर्छ ।

इजिप्टमा वैवाहिक बलात्कार जतिपनि मुद्दा अदालतसम्म पुग्छन् त्यसमा सजाय दिलाउन निकै मुश्किल हुने गर्छ । यसको कारण इजिप्टको दण्ड विधानको धारा ६० हो । यसमा भनिएको छ, ‘दण्ड संहिता ती मामिलामा लागू हुने छैन जुन राम्रो नियतले गरिए र जुन शरिया कानून अन्तर्गत सही छ ।’ तर दानाबूकीका अनुसार महिलाको शारीरिक परीक्षणले वैवाहिक बलात्कारलाई प्रमाणित गर्न सकिन्छ ।

उनी भन्छिन्, ‘महिलाको पूरा शरीरको परीक्षण गर्नुपर्छ र उनीमाथि कोपरेको वा बाहिरी चोट हेर्नुपर्छ । नाडी, अनुहारमा चोट पनि हेर्नुपर्छ ।’इजिप्टमा परिवर्तन असाध्यै धेरै आउँछ । यहाँ अहिले पनि परम्परा र रुढिवादी मूल्य हावी छ । तर वैवाहिक बलात्कारका पीडित महिलाले आवाज उठाउन सुरु गरेका छन् ।’ (सफा र सना परिवर्तित नाम हो । उनीहरुको पहिचान लुकाउनका लागि वास्तविक नाम प्रकाशित गरिएको छैन ।)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

ताजा

जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए

उच्च प्रदर्शन र आधुनिक सुविधासहित गोदरेज भिसि कुलर नेपाली बजारमा

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न

सुनको मुल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.