• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, साउन १९, २०८२
आइतबार, साउन १९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ सेवा विस्तारको लागि समझदारी

कैलालीमा १५ बर्षिया बालिकामाथि जबरजस्ती गर्ने पक्राउ

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

कुमारी बैंकको अगुवाईमा माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल

अब लेखेको भरमा भिडियो बन्ने, मस्कको ‘इम्याजिन’ले देखाउँदै छ जादु

कक्षा १२ को नतिजा यही साता सार्वजनिक हुँदै, तयारी अन्तिम चरणमा

अमेरिकाले ७ हजार २४४ भारतीयलाई गरायो देश निकाला

लोकप्रिय समाचार

  • १. अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • ५. २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. बिहानै कागती हालेर मनतातो पानी पिउनु हुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

  • ७. रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

  • ८. मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

  • ९. लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भए ओली

एमालेभित्र दोस्रो र तेस्रो तहका नेताहरुले पार्टी एकताको दबाब दिइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रीय कमिटीको बैठकबाट पार्टीको एकता बचाइराख्न वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् ।

सर्वोच्च अदालतको फैसला अघि नै ओलीका तर्फबाट प्रस्ताव गरिने भनिएको सो प्रस्ताव बुधबारको बैठकमा राख्दै उनले दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका हुन् । ललितपुरको च्यासलमा तीन दिनदेखि जारी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले मोही मथेर भएपनि पार्टी एकता बचाउने बताउँदै नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका थिए ।

बुधबारको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी एकताका लागि निकै दबाब दिएका थिए । बुधबारको बैठकमा ओली पक्षका नेताहरुले आफूहरुले पार्टी एकताको दबाबको लागि दुवै तर्फका ३० र ३० जनाको टोली बनाउन लागेको र बुधबार मात्रै दुवै तर्फबाट ५ र ५ जनाको टोली बनाईसकेको जानकारी दिएपछि ओलीले बैठकमा सम्बोधन गर्दै नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएको बताएका हुन् ।

बुधबार मात्रै झपट रावल, राजबहादुर बूढा, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, सूर्य पाठक र कृष्ण दाहाल लगायतका १० जना नेताहरुले दबाब अभियान शुरु नै गरिसकेका छन् । उनीहरुले कम्तीमा ६० जना नेताहरुको समूह बनाएर ओली र नेपाल दुवैलाई कार्यदलको मानिसहरुसँग बस्ने भएका छन् । उनीहरुले विहिबार कार्यदलका सदस्यहरुसँग भेटघाट गर्ने र शुक्रबार ओली नेपाल दुवैलाई भेटेर एकताका लागि दबाब दिने बताएका छन् । त्यसको जानकारी पाएका ओलीले बुधबारको बैठकमा यस्तो कुरा बताएका हुन् ।

ओलीले सर्वोच्च अदालतले २०७७ फागुन २३ मा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काइदिए बमोजिम एकताका लागि हदैसम्म लचिलो हुन तयार रहेको पनि बैठकमा बताएका छन् ।

हामी एमालेको एकता बचाउनका लागि हदैसम्म लचिलो भएका छौँ’, ओलीको भनाइ उद्धत गर्दै एकजना केन्द्रीय सदस्यले भने ‘अन्तिम अवस्थासम्म पनि एकताका लागि प्रयास जारी राखेका छौँ ।’ ओलीले जेठ २ मा गठित कार्यदलले असार २७ गते सिंहदरबारमा जुटाएको १० बुँदे सहमति कार्यान्वयनका लागि आफू प्रतिवद्ध रहेको पनि बताएका छन् ।

’१० बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिवद्ध छु’, उनले बैठकमा भनेका छन्, ‘एकता भएमा कार्यदलको सहमति अनुसार नै पार्टीका सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुनेछन् ।’ तर एकताका लागि आफू हदैसम्म लचिलो हुँदा पनि नेपालले अनेक बहान गरेको गुनासो गरेका छन् ।

यता वरिष्ठ नेता नेपालले बुधबार आफू निकट रहेका नेताहरुसँग छलफल गरेर पार्टी एकताप्रति केही लचिलोपन देखाएका छन् । त्यसक्रममा पार्टीका उपाध्यक्ष युवाराज ज्ञवाली, उपमहासचिव घनश्याम भूषाल, स्थायी कमिटी सदस्यहरु मुकुन्द न्यौपाने र रघुजी पन्तले आफ्ना धारणा राखेका थिए । त्यसक्रममा न्यौपानेबाहेक सबै नेताहरुले पार्टी एकता कायम राख्नुपर्ने, कार्यदलले दिएको १० बुँदे कार्यान्वयन गर्न दबाब दिनुपर्ने, नेताहरुमाथि हुने गालीगलौच र अनैतिक गतिविधि रोक्नु पर्ने तथा स्पष्टिकरणको नाममा एकता र १० बुँदे सहमति कार्यान्वयनमा अवरोध गर्न नहुने बताएका थिए ।

नेता नेपालले पनि सम्मानजनक एकताको पक्षमा आफू रहेको बताएका थिए । नेपाल पक्षका नेता गोकर्ण विष्टले एकतामा असर पर्ने कुनै पनि कार्य नगर्ने विषयमा छलफल भएको बताए । उनले अर्कोपक्षबाट त्यस्तो गतिविधि भैरहेकोतर्फ संकेत गर्दै त्यसले एकताविरोधि तत्वलाई बल पुग्ने समेत बताए ।

‘संविधानको धारा ७६ ९५० लाई प्रयोग गर्ने सन्दर्भमा सांसदहरुले आफ्नो विवेक प्रयोग गरेका हुन् । जे सर्वोच्चले फैसला गरेको छ, त्यसबाट प्राप्त अधिकारलाई प्रयोग गरेको सन्दर्भमा २२ जना माननीय सदस्यहरुमाथि जुन ढंगले स्पष्टीकरण सोध्ने काम गरिएको छ त्यसले एकताको वातावरणलाई असर पार्न सक्छ’, पार्टीका सचिव समेत रहेका विष्टले भने।

नेपाल पक्षको बैठकमा भीम रावल भने उपस्थित भएका थिएनन । रावल उपस्थित नभएपछि नेपाल आफै रावललाई भेट्न टोखा गएका थिए । त्यहा नेपाल र रावलवीच दुई घण्टा कुराकानी भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतीय उपराष्ट्रपतिले दिए पदवाट राजिनामा
    काठमाडौं महानगरले तोक्यो जग्गा मूल्य , कहाँको मूल्य कति ?
    सरकारको नयाँ व्यवस्था : अब नयाँ कर्मचारीलाई पेन्सन र उपदान नदिइने

    लोकप्रिय

    अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

    २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साउन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ सेवा विस्तारको लागि समझदारी

    कैलालीमा १५ बर्षिया बालिकामाथि जबरजस्ती गर्ने पक्राउ

    नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साउन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ सेवा विस्तारको लागि समझदारी
    • कैलालीमा १५ बर्षिया बालिकामाथि जबरजस्ती गर्ने पक्राउ
    • नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
    • कुमारी बैंकको अगुवाईमा माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.