• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ असार २०८३, शनिबार
०६ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
  • २० घण्टा 

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
  • २४ घण्टा 

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म
  • १ दिन 

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित
  • १ दिन 

आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६
  • १ दिन 

कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान
  • १ दिन 

मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत
  • १ दिन 

विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ
  • १ दिन 

आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

  • २. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ३. विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ

  • ४. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ५. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ७. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

  • ८. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ९. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • १०. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भए ओली

admin २०७८, श्रावण, ७

एमालेभित्र दोस्रो र तेस्रो तहका नेताहरुले पार्टी एकताको दबाब दिइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रीय कमिटीको बैठकबाट पार्टीको एकता बचाइराख्न वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् ।

सर्वोच्च अदालतको फैसला अघि नै ओलीका तर्फबाट प्रस्ताव गरिने भनिएको सो प्रस्ताव बुधबारको बैठकमा राख्दै उनले दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका हुन् । ललितपुरको च्यासलमा तीन दिनदेखि जारी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले मोही मथेर भएपनि पार्टी एकता बचाउने बताउँदै नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका थिए ।

बुधबारको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी एकताका लागि निकै दबाब दिएका थिए । बुधबारको बैठकमा ओली पक्षका नेताहरुले आफूहरुले पार्टी एकताको दबाबको लागि दुवै तर्फका ३० र ३० जनाको टोली बनाउन लागेको र बुधबार मात्रै दुवै तर्फबाट ५ र ५ जनाको टोली बनाईसकेको जानकारी दिएपछि ओलीले बैठकमा सम्बोधन गर्दै नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएको बताएका हुन् ।

बुधबार मात्रै झपट रावल, राजबहादुर बूढा, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, सूर्य पाठक र कृष्ण दाहाल लगायतका १० जना नेताहरुले दबाब अभियान शुरु नै गरिसकेका छन् । उनीहरुले कम्तीमा ६० जना नेताहरुको समूह बनाएर ओली र नेपाल दुवैलाई कार्यदलको मानिसहरुसँग बस्ने भएका छन् । उनीहरुले विहिबार कार्यदलका सदस्यहरुसँग भेटघाट गर्ने र शुक्रबार ओली नेपाल दुवैलाई भेटेर एकताका लागि दबाब दिने बताएका छन् । त्यसको जानकारी पाएका ओलीले बुधबारको बैठकमा यस्तो कुरा बताएका हुन् ।

ओलीले सर्वोच्च अदालतले २०७७ फागुन २३ मा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काइदिए बमोजिम एकताका लागि हदैसम्म लचिलो हुन तयार रहेको पनि बैठकमा बताएका छन् ।

हामी एमालेको एकता बचाउनका लागि हदैसम्म लचिलो भएका छौँ’, ओलीको भनाइ उद्धत गर्दै एकजना केन्द्रीय सदस्यले भने ‘अन्तिम अवस्थासम्म पनि एकताका लागि प्रयास जारी राखेका छौँ ।’ ओलीले जेठ २ मा गठित कार्यदलले असार २७ गते सिंहदरबारमा जुटाएको १० बुँदे सहमति कार्यान्वयनका लागि आफू प्रतिवद्ध रहेको पनि बताएका छन् ।

’१० बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिवद्ध छु’, उनले बैठकमा भनेका छन्, ‘एकता भएमा कार्यदलको सहमति अनुसार नै पार्टीका सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुनेछन् ।’ तर एकताका लागि आफू हदैसम्म लचिलो हुँदा पनि नेपालले अनेक बहान गरेको गुनासो गरेका छन् ।

यता वरिष्ठ नेता नेपालले बुधबार आफू निकट रहेका नेताहरुसँग छलफल गरेर पार्टी एकताप्रति केही लचिलोपन देखाएका छन् । त्यसक्रममा पार्टीका उपाध्यक्ष युवाराज ज्ञवाली, उपमहासचिव घनश्याम भूषाल, स्थायी कमिटी सदस्यहरु मुकुन्द न्यौपाने र रघुजी पन्तले आफ्ना धारणा राखेका थिए । त्यसक्रममा न्यौपानेबाहेक सबै नेताहरुले पार्टी एकता कायम राख्नुपर्ने, कार्यदलले दिएको १० बुँदे कार्यान्वयन गर्न दबाब दिनुपर्ने, नेताहरुमाथि हुने गालीगलौच र अनैतिक गतिविधि रोक्नु पर्ने तथा स्पष्टिकरणको नाममा एकता र १० बुँदे सहमति कार्यान्वयनमा अवरोध गर्न नहुने बताएका थिए ।

नेता नेपालले पनि सम्मानजनक एकताको पक्षमा आफू रहेको बताएका थिए । नेपाल पक्षका नेता गोकर्ण विष्टले एकतामा असर पर्ने कुनै पनि कार्य नगर्ने विषयमा छलफल भएको बताए । उनले अर्कोपक्षबाट त्यस्तो गतिविधि भैरहेकोतर्फ संकेत गर्दै त्यसले एकताविरोधि तत्वलाई बल पुग्ने समेत बताए ।

‘संविधानको धारा ७६ ९५० लाई प्रयोग गर्ने सन्दर्भमा सांसदहरुले आफ्नो विवेक प्रयोग गरेका हुन् । जे सर्वोच्चले फैसला गरेको छ, त्यसबाट प्राप्त अधिकारलाई प्रयोग गरेको सन्दर्भमा २२ जना माननीय सदस्यहरुमाथि जुन ढंगले स्पष्टीकरण सोध्ने काम गरिएको छ त्यसले एकताको वातावरणलाई असर पार्न सक्छ’, पार्टीका सचिव समेत रहेका विष्टले भने।

नेपाल पक्षको बैठकमा भीम रावल भने उपस्थित भएका थिएनन । रावल उपस्थित नभएपछि नेपाल आफै रावललाई भेट्न टोखा गएका थिए । त्यहा नेपाल र रावलवीच दुई घण्टा कुराकानी भएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय
राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने
परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान

ताजा

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.