टोकियो ओलम्पिकको आज औपचारिक उद्घाटन, नेपालकी सोनिया भोलि रुसी इरिनासँग भिड्ने
३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुद आजबाट जापानमा सुरु हुँदैछ । केही खेलको प्रतिस्पर्धा अस्ति बुधबारबाटै सुरु भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन आज हुन लागेको हो । राजधानी टोकियोको ओलम्पिक स्टेडियममा विशेष समारोहबीच नेपाली समय अनुसार अपरान्ह ४ : ४५ बजे टोकियो ओलम्पिकु सुरु हुनेछ ।
विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा भाग लिन नेपालसहित विभिन्न देशका खेलाडी, प्रशिक्षक र अधिकारीह टोकियो पुगिसकेका छन् । टोकियो ओलम्पिकको उद्घाटन सत्रको मार्च पासमा पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले नेपालको झण्डा बोक्ने छन् ।
भोलि सोनियाले इरिनासँग खेल्ने
टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । २४ साउनसम्म सञ्चालन हुने ओलम्पिकमा नेपाललले एथ्लेटिक्स, सुटिङ, जुडो र पौडी खेलमा सहभागिता जनाउने छ । भोलि जुडो खेलमा नेपालकी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्नेछिन् । हिजो सार्वजनिक भएको खेल तालिकाअनुसार सोनियाले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो ।
उनले ४८ केजी तौल समूहमा इरिनाको सामना गर्नेछिन् । सोनिया विश्व वरीयतामा १२७औँ स्थानमा छिन् भने इरिना विश्व वरीयतामा नवौँ स्थानमा छिन् । पदकको टुङ्गो पनि भोलि नै लाग्नेछ । सोनिया वाइल्डकार्डमार्फत ओलम्पिक खेलमा छनोट भएकी हुन् । अन्तर्राष्ट्रिय जुडो महासङ्घले वरियताका आधारमा सोनियालाई ओलम्पिकमा मौका दिएको हो । उनले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एसियाली खेलकूद (साग) मा कास्य पदक हात पारेकी थिइन् । उनले महिला ४८ केजीमुनि तौल समूहमा नेपाललाई कास्य पदक दिलाइकी थिइन् ।
ओलम्पिकमा नेपालबाट हालसम्म आठ खेलमा प्रतिनिधित्व भएको छ । एथ्लेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, भारोत्तोलन, सुटिङ, जुडो र आर्चरी खेलबाट नेपालले प्रतिनिधित्व गरेको हो । त्यसमध्ये ओलम्पिक यात्रा सुरु गरेयता एथ्लेटिक्स खेलको सहभागिता भने हालसम्म टुटेको छैन । यसपटकको ओलम्पिकमा पनि नेपाली टोलीको लक्ष्य भनेको पदकभन्दा पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्नु नै हुनेछ । ओलम्पिक खेलका लागि पौडी, सुटिङ र जुडोका खेलाडी जापानको टोकियो पुगिसकेका छन् भने एथ्लेटिक्स टोली भोलि टोकियो जाने छ ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला
२०८३ साउन २० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

