इनार किन गोलो नै हुन्छ ? यस्तो छ रहस्य
एजेन्सी । तपाईंले पक्कै पनि इनार देख्नुभएको छ होला । कतिले इनारबाट पानी पनि झिकेको हुनुपर्छ । आजकाल धेरैको घरमा नै इनार बनाइन्छ । आफ्नै घरमा नदेखेपनि अन्यत्र देख्नुभएको हुन सक्छ । तर तपाईंले हालसम्म जति पनि इनार देख्नुभएको छ, त्यो सबै गोलो आकारको देख्नुभएको होला ।
चारकुने इनार सायदै बनाइन्छन् तसर्थ तपाईंले सायदै देख्नुभएको होला । तर, कहिल्यै सोच्नुभएको छ ? इनार किन गोलो नै हुन्छ ? यदि यो जिज्ञासा तपाईंको मनमा उत्पन्न भएको छ भने आउनुस् यसको कारण बारे जानकारी लिऔं ।
पानीका लागि बनाइने इनार त्यसै गोलाकार बनाइएको होइन । यसको पछाडि वैज्ञानिक कारण छ । इनार गोलाकार बनाउनुका अनेक फाइदा छन् । यही कारणलाई मध्यनजर गरेर इनार गोलाकार बनाइन्छ ।
इनार गोलो बनाउँदा यो ज्यादै मजबुत हुन्छ । यसको कारण यो हो कि पानीको चाप चारैतिर बराबर पर्छ । यदि चारकुने बनाउने हो भने चारकुनामा पानीको धेरै चाप पर्छ र इनार लामो समय टिक्दैन ।
इनार लामो समय सम्मको टिकाउ र प्रयोगका लागि पनि गोलो बनाउने गरिन्छ । यदि हामीले कुनै तरल पदार्थ भण्डारण गर्छौं भने त्यसको चाप भण्डारण गरिएको वस्तु वा चिजका भित्ताहरुमा पर्न जान्छ । यसैकारण इनार गोलो बनाइन्छ ।
इनार गोलो बनाउँदा पानीको चाप गोलाकार भएका कारण सबै सतहमा समान रुपले पर्न जान्छ जसका कारण एउटै भागमा मात्र चाप पर्न नगइ बराबर हुन गएका कारण गोलो इनार बलियो हुन जान्छ ।
इनार गोलो बनाउनुको पछाडिको अर्को कारण भनेको यसलाई बनाउन सजिलो हुनु पनि हो । चारकुने बनाउँदा खन्न र मिलाउन पनि ज्यादै गाह्रो हुन्छ ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

