निर्वाचन आयोगविरूद्ध अदालत जाने एमालेको तयारी
दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको नेकपा एमाले आइतबार अदालत जाने भएको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ पार्टी दर्ताको प्रमाणपत्र दिएको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिवसमेत रहेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
‘केन्द्रीय कमिटी बैठकले निर्णय गरिसकेको छ । उक्त निर्णयअनुसार आवश्यक तयारी भइरहेको छ, सम्भवत हामी आइतबार निवेदन दर्ता गर्छौ’, तामाङको भनाइ छ ।तामाङले शुक्रबार नै अदालत जानेगरी काम गरेपनि नसकिएको बताए । ‘हामी त सकेसम्म आजै जाने तयारीमा थियौ, तर अलिकति तयारी पुगेन, कार्यालय समय सकियो’, नेता तामाङले रातोपाटीसँग भने, ‘अव आइतबार पर्खनुपर्ने बाध्यता छ ।’
एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जतिसक्दो चाँडो अदालत जानेगरी आन्तरिक तयारी भैरहेको बताए । ‘हाम्रा कानुन व्यवसायीहरूसँग छलफल भइरहेको छ । यहि दिन भन्ने छैन तर जतिसक्दो चाँडो नै जान्छौ’, नेम्वाङको भनाइ छ । एमाले निर्वाचन विभाग प्रमुख अग्नि खरेलले पनि रिट निवेदन दर्ताका लागि आवश्यक तयारी र छलफल भैरहेकाले प्रक्रियाका कामहरु सकेर अदालत जाने जानकारी दिए ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


