• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        शनिबार, माघ १८, २०८२
शनिबार, माघ १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

यामाहाको “मायासँग मायाको यात्रा” ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन

विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक

२०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प धादिङवेशीमा सम्पन्न, १७५ भन्दा बढी सवारीसाधन सहभागी

पोल्याण्डद्वारा लोकमान्य गोल्छालाई ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान

रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल माघ १३ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश : थपिए यस्ता सुबिधा

  • ४. ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ५. २०८२ साल माघ १५ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले रोजे ‘एक्स्ट्राअर्डिनेरी’ आयन भी

  • ७. माघ २२ गतेदेखि भृकुटीमण्डपमा ११ औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

  • ८. सुनको मुल्यमा नयाँ कीर्तिमान : तोलाकै ३ लाख ९ हजार

  • ९. रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर

  • १०. २०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

प्रधानन्यायाधीशमाथि महाभियोगको संकेत

पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग राजीनामा माग गरेको छ। पूर्व न्यायाधीश फोरमले ६औँ साधरणसभाको अवसर पारेर न्यायपालिकाको बिग्रदो छविप्रति चिन्ता व्यक्त गर्दै प्रधानन्यायाधीश राणा एक पछि अर्को विवादमा मुछिदै गएकाले राजीनामा माग गरेको हो।

प्रधानन्यायाधीशमाथि लगातार प्रश्न उठिरहनु गम्भीर विषय भएकाले न्यायपालिकाको विश्वसनियता कायम राख्न राजीनामाको बाटो उपयुक्त भएको फोरमको ठहर छ। पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले जारी गरेको विज्ञप्तिमा राणाको कार्यकाल विवादै विवादमा रुमलिएको उल्लेख गरिएको छ।

सिंहले विज्ञप्तिमा भनेका छन्, ‘मन्त्रिपरिषदको विस्तारमा प्रधानन्यायाधीशको भागवण्डाको सौदावाजीको समाचार समेतको परिप्रेक्ष्यमा न्यायपालिकाको गरिमा विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुन सक्दछ। यो वान्छनीय र अनिवार्य पनि देखिएको छ।’

पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश राणाले न्यायाधीश श्री हरिकृष्ण कार्की संयोजकत्वको समितिले प्रस्तुत गरेको प्रतिवेदनमा प्रश्न गर्नु, प्रतिनिधिसभा विघटनका मुद्दाहरु लगायत विभिन्न मुद्दाहरुको पेशी सूची तोक्ने सम्वन्धमा उठेका विवादहरु, संवैधानिक अंगमा गरिएको नियुक्तिमा प्रधानन्यायाधीशले पनि भागवण्डा लिएको आरोप लागिरहनु, संवैधानिक परिषद सम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको संलग्नता जस्ता विषयले राजीनामा अनिवार्य भएको उल्लेख छ।

प्रधानन्यायाधीशलाई नै विपक्षी बनाई दायर गरिएको रिट निवेदनको सुनुवाईमा गरिएको ढिलाई तथा मन्त्रिपरिषदको विस्तारमा भागबण्डा खोजेको विषयले स्वतन्त्र न्यायपालिकाको मर्ममाथि नै प्रहार गरेको पूर्वन्यायाधीश फोरमको ठहर छ। फोरमले राणाबाट राजीनामा नआएको अवस्थामा उनीमाथि छानबिन गर्न संसदलाई समेत आह्वान गरेको छ। घुमाउरो रुपमा राणामाथि महाअभियोग लगाउन फोरमले माग गरेको छ।

‘प्रधानन्यायाधीशबाट न्यायपालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीशको सम्वन्धमा उठेका सम्पूर्ण विवादहरुको निष्पक्ष छानविनका लागि प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुनका लागि हामी आब्हान गर्दछौं, न्यायाधीश फोरमले भनेको छ।

राणाको गतिविधिको विरोध गर्न बहालवाला न्यायाधीशहरुलाई समेत आह्वान गरिएको छ। सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘न्यायपालिकालाई आफ्नै नेतृत्वबाट जोगाउन सबै तहका न्यायाधीशहरुलाई अगाडि आउन पनि हामी अनुरोध गर्दछौं। न्यायपालिका जोगाउने अन्तिम दायित्व स्वयं न्यायाधीशहरुको नै हो भनी हामी पूर्व न्यायाधीशहरू स्मरण गराउन चाहन्छौँ।’

फोरमले न्यायपालिकालाई विवादित नेतृत्वबाट जोगाउनको लागि कानून व्यवसायीहरु एवं न्यायका सम्पूर्ण उपभोक्ताहरु र नागरिकलाई पनि आह्वान गरेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु
    रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर
    ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल माघ १३ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश : थपिए यस्ता सुबिधा

    ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    २०८२ साल माघ १५ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

    यामाहाको “मायासँग मायाको यात्रा” ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन

    विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
    • काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु
    • यामाहाको “मायासँग मायाको यात्रा” ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन
    • विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक
    • २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.