प्रधानन्यायाधीशले इजलास तोके पनि न्यायाधीशहरुले मुद्दा हेरेनन्
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास तोके पनि न्यायाधीशहरूले मुद्दा हेरेनन् । जबराको राजीनामाको पक्षमा रहेका न्यायाधीशहरु इजलासमा नबसी आन्तरिक छलफलमा जुटेका हुन् । इजलास तोकिएकामध्ये तेज बहादुर केसी र मनोजकुमार शर्माको इजलासमा बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाई भएको छ भने अन्य मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । यस्तै अरु न्यायाधीशले भने रिट नहेरी आन्तरिक छलफलमा जुटेका हुन् ।
यद्यपि, प्रधानन्यायाधीशको इजलासमा भने मुद्दा हेरे । उनले एउटा मुद्दा तामेलीमा राख्दै अर्को मुद्दामा भने कारण देखाउ आदेश जारी गरेका छन् । यस्तै, अर्को एक मुद्दा भने हेर्न नमिल्ने सूचीमा राखिएको छ । प्रधानन्यायाधीश जबराले मंगलबार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा पनि राखेर पेसी तोकेका थिए । यसअघि असन्तुष्ट न्यायाधीशसँग भएको छलफलका आधारमा जबराले बन्दी प्रत्यक्षीकरणका रिट मात्रै पेसीमा राख्ने गरेका थिए । मंगलबारको पेसीमा १० वटा इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले आफूलाई मात्रै एकल इजलास तोकेका थिए । अन्य न्यायाधीशहरूलाई भने उनले संयुक्त इजलासमा पेसी तोकेका थिए ।
मंगलबारको पेसीमा न्यायाधीशद्वय दीपककुमार कार्की र नहकुल सुवेदी, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडाल, डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्मा, डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठ, तेज बहादुर केसी र मनोजकुमार शर्मा तथा प्रधानन्यायाधीश जबराको एकल इजलास तोकिएको हो ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


