• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ जेठ २०८३, मङ्गलबार
०५ जेठ २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ३० अर्ब निक्षेप संकलन गर्ने
  • ६ घण्टा 

संघर्षपूर्ण खेलमा मलेसियामाथि नेपालको शानदार जित
  • ८ घण्टा 

प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १० घण्टा 

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
  • १० घण्टा 

२०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २३ घण्टा 

सीजी मोटर्सको मल्टी-ब्रान्ड ईभी शोकेस : भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु हुँदै, के-के छन् आर्कषण?
  • २४ घण्टा 

हिरोको विशेष एक्सचेन्ज क्याम्प हुँदै, यस्ता छन् सुबिधा
  • १ दिन 

‘गर्मी बढ्दै छ, तर भान्साको चिन्ता होइन!’ : नेपालीहरूको ‘चिसो साथी’ बन्दै सीजी का ४४ मोडलका रेफ्रिजरेटरहरू
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

  • २. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

  • ४. पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम

  • ५. जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ

  • ६. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ७. २०८३ वैशाख ३१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. २०८३ जेठ ०३ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • १०. डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

चिसो मौसममा देखिने रोग र यसबाट बच्ने उपाय

admin २०७८, कार्तिक, २३

मौसम परिवर्तनसँगै अहिले केही चिसोपनाको अनुभव हुँदै आएको छ। बिहानी हुस्सु र दिउँसोको घामले मौसम अब परिवर्तन हुँदै जान थालेको भान हुँदैछ। तर वातावरणसँगै हाम्रो शरीरमा के कस्ता प्रभाव पर्छन् अनि त्यस कारण स्वास्थमा के कस्ता असर पर्न सक्छन् त भन्ने कुरामा हामी सजक हुन पर्दछ। गर्मी मौसममा देखिने रोगहरु र जाडो मौसममा देखिने रोग केही फरक हुने गर्दछ। गर्मी मौसममा बिशेषत ज्वरो (भाइरल ज्वरो, टाइफाइड, डेंगु आदि), छालाको रोगहरु, आँखाका संक्रमण, मौसमी फ्लूका बिरामी बढी मात्रामा देखिने गर्दथ्यो।

तर अब चिसो मौसम बढ्दै जाँदा चिसो मौसममा देखिने र पहिले भएका दीर्घकालिन बिरामीमा संक्रमणको जोखिम बढ्दै जाने गर्दछ। यो लेखमा चिसो मौसममा देखिने रोग र यसबाट कसरी बच्न सकिन्छ भन्ने बारे केही जानकारी दिने प्रयास गरिएको छ।

१. सामान्य मौसमी रुघाखोकी
चिसोसँगै रुघा लाग्ने, खोकी लाग्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ। यो मौसमी फ्लू भएका हुनाले केहिदिनको अन्तरालमा आफैँ निको हुने र गाह्रो भएको खण्डमा केही एलर्जी हटाउने औषधि र ज्वरो देखा परेमा प्यारासिटामोल मात्रै लिन सकिन्छ। यस्तो अबस्थामा चिकित्सकको सल्लाह बिना र अन्य संक्रमण नभएको अवस्थामा एन्टिबायोटिक्स औषधिको प्रयोग आवश्यक पर्दैन।

२. दम (COPD & Asthma)
माथी प्रयोग भएका शब्दावली COPD भन्नाले चुरोट वा धुँवाको कारणले दीर्घकालीन रुपमा फोक्सो बिग्रेको अबस्थामा लाग्ने दम भन्ने बुझाउँछ र Asthma भन्नाले कुनै पनि एलर्जीले हुने दम भन्ने बुझाउँछ। यस्ता रोग लागेका बिरामी वर्गले चिसो मौसममा विशेष ध्यान पुर्‍याउन नसकेको खण्डमा छातीको संक्रमणको जोखिम बढ्ने गर्दछ। निमोनिया, ब्रोन्काइटिस जस्ता रोग लागी अस्पतालमा भर्ना हुनु पर्ने अवस्था आउन सक्दछ भने कहिले काँही छातीको गम्भीर संक्रमणले ज्यान पनि जान सक्दछ। दम भएका बिरामीले आफूलाई न्यानो राख्ने, तातो पानीको सेवन गर्ने, आफूले दमका लागि प्रयोग गर्दै आएका औषधिको नियमित सेवन, चिकित्सकसँग निरन्तर सम्पर्कमा बस्नुपर्दछ।

३. घाँटी तथा माथिल्लो श्वासनलीका संक्रमण
चिसो समयमा घाँटी तथा माथिल्लो श्वासनलीका संक्रमणहरु सामान्यतया धेरै नै देखिन्छ। टन्सिल संक्रमण हुनेदेखि श्वासनलीमा संक्रमण हुने हुँदा बिरामीलाई घाँटीमा दुखाइ हुने, निल्न गार्हो पर्ने, खोकी लाग्ने, रुघा लाग्नेदेखी कहिलेकाहीँ ठूलै संक्रमणसम्म देखा पर्ने हुन सक्दछ। त्यस्तो समस्या आएमा चिकित्सकको सल्लाहमा सामान्यदेखि कहिलेकाहीँ एन्टिबायोटिकको सेवन पनि आवश्यकता पर्दछ।

४. फ्रोस्ट बाइट
फ्रोस्ट बाइट अर्थात शीतदंशर तुषारागात।अत्यधिक चिसोको सम्पर्क मा हाम्रो शरीर आउँदा शरीरमा भएको तातोपना कम हुँदै जाने र अनन्त चिसोबाट शरीरका भागहरु जम्ने समस्या तुषारागात हो। यो विशेषगरी औंलाहरुमा, नाकमा, कानमा देखिने गर्दछ। यसबाट बच्न चिसो मौसममा हात गोडामा मोजा पन्जा लगाउने, न्यानो टोपी कपडा लगाउने र अत्यन्त जरुरी नपर्दासम्म घर बाहिर ननिस्कने गर्नु पर्दछ।

५. जोर्नी दुख्ने समस्या
जोर्नीमा हुने समस्या जस्तै बाथ (Rheumatoid Arthritis) का रोगीहरुले विशेषत जाडो मौसममा झनै बढी ध्यान दिन आवश्यक हुन्छ। बाथ रोग लागी औषधिको सेवन गरि रहेका बिरामीमा चिसोको कारण दुखाइ बढ्ने जोर्नी सुन्निने समस्या बढेर जान सक्छ। त्यसकारण त्यस्तो बिरामी वर्गले आफूलाई चिसोबाट बचाउन विशेष ध्यान दिनु पर्दछ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

ताजा

राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ३० अर्ब निक्षेप संकलन गर्ने

संघर्षपूर्ण खेलमा मलेसियामाथि नेपालको शानदार जित

प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.