देउवालाई सभापति दोहोरिन यसकारण कठिन
काठमाडौं, ८ मंसिर । बहालवाला प्रधानमन्त्री हुनु, विरोधी दललाई कमजोर बनाउन सकेको जस लिनु र पार्टीभित्र पकड बढाउन सक्नु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका लागि अनुकूल परिस्थिति हो । तर, १४औं महाधिवेशनमा देउवालाई सभापति जित्न सजिलो छैन ।
काँग्रेसको अधिकांश क्षेत्रीय अधिवेशनहरुको नतिजा र २४ जिल्लाको अधिवेशनबाट कुनै एक नेता बलियो अवस्थामा नरहेको स्पष्ट देखिइसकेको छ । अब नेताहरुबीचको समिकरणले सभापतिमा कस्ले बाजी मार्ने हो आँकलन गर्न सकिन्छ ।
काँग्रेसको बहालवाला सभापति भएकाले देउवा बलियो छन् । उनको साथमा महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य बालकृष्ण खाँड, एनपी साउद जस्ता हस्तीहरु छन् । तर, काँग्रेसभित्र लामो राजनीतिक गरेका शक्तिशाली नेताहरु विजयकुमार गच्छेदार खुलेका छैनन् । उपसभापति विमलेन्द्र निधिले साथ छाडेका छन् ।
देउवालाई सभापति जित्न इतर समूह एकजुट नहुने अवस्था बन्नुपर्छ । त्यसमाथि पनि इतर समूहका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कोइराला परिवार र कृष्णप्रसाद सिटौला एकजुट भएमा देउवालाई चुनाव जित्नु फलामको च्युरा चपाउनु सरह हुनेछ ।
देउवाको बहुमत महाधिवेशन प्रतिनिधि पक्षमा छैनन् । उनी अरु नेताभन्दा बलियो स्थितिमा मात्र छन् । उनको जीत आफू निकै मजुबत भएर भन्दा पनि विरोधी फुटेको अवस्थामा मात्र हुनसक्छ ।
काँग्रेसमा लामो समयदेखि प्रभाव बनाएको कोइराला परिवारका तीन सदस्य महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्यहरु सुजाता कोइराला र शेखर कोइराला एक भएमा मात्र पनि देउवालाई सजिलो छैन । त्यसमाथि पनि प्रकाशमान सिंह यो समूहमा शक्तिबाँडफाँड गरी मिलेर अगाडि बढेमा देउवालाई झन् कठिन पर्नेछ । कोइराला परिवार र सिंह मिलेमा मात्र पनि माहोल फरक हुनसक्छ । अहिले देउवालाई सबैभन्दा डर यही छ । त्यसमा पनि विमलेन्द्र निधि पनि यही समूहमा सहभागी भइदिएमा झन् कठिन हुनसक्छ ।
देउवाका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलभन्दा पनि इतर समूहको एकता चुनौती बनेको छ । पौडेल आफ्नो समूहबाट साझा उम्मेदवार ल्याउन सके छाडिदिने घोषणा गरिसकेका छन् । तर, पौडेलले पनि सजिलै छाड्ने सम्भावना कम छ ।
काँग्रेसभित्र देउवाले सभापति जित्न कोइराला परिवार फुट्ने, कोइराला र प्रकाशमान सिंह नमिल्ने अवस्थाबाट मात्र सजिलो हुन्छ । त्यो सम्भावना नभएको होइन तर कठिन छ । अन्तिम समयमा गुट परिवर्तनका घटना देखिनसक्छ । देउवाले कोइराला परिवारका कुनै एक सदस्य वा सिंहलाई तान्ने चर्चा पनि छ । तर, कोइराला परिवार देउवाको साथ गइहाल्ने सम्भावना कमजोर छ । सिंहले देउवालाई खुलेआम चुनौती दिइसकेकाले फेरि गइहाल्ने सम्भावना कम छ ।
अहिले देउवा पछि शक्तिशालीमा प्रकाशमान सिंह र कोइराला परिवार देखिएका छन् । यी दुई शक्ति मिलेमा देउवाका लागि सभापतिको प्रतिष्पर्धा फलामको च्युरा सरह हुनसक्छ ।
देउवाका लागि अहिले अर्को चुनौती सत्ता गठबन्धन सम्हाल्नु रहेको छ । एमसीसी पारित गर्ने दबाब देउवामाथि छ । तर, गठबन्धनका प्रचण्ड र माधवकुमार नेपाल तयार छैनन् । अमेरिकाले २८ मंसिरसम्मको समयसीमा तोकिएको छ । यो काँग्रेसको महाधिवेशनको ठिक पछि हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयले पनि देउवामाथि दबाब छ । यसलाई कसरी व्यवस्थापन गर्नुपर्ने चुनौती छ । सबै मुद्दा काँग्रेसको महाधिवेशनको मुखमा आएकाले देउवासामु चौतर्फी चुनौतीहरु थपिएका छन् । यसले उनको पुनः सभापति दोहोरिने चाहनामा धक्का पर्न सक्छ ।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

