• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ जेठ २०८३, शुक्रबार
०८ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ९ घण्टा 

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • १० घण्टा 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • १२ घण्टा 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १४ घण्टा 

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • १५ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • १६ घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • १८ घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • १९ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ६. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ७. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

आलु खेती गर्दै हुनुहुन्छ ? यस्ता छन विधिहरु

admin २०७८, मंसिर, १७

काठमाडौं : आलु तराई तथा भित्रि मधेसको एक प्रमुख नगदे तरकारी बाली हो । आज भन्दा ३० वर्ष पहिलेसम्म नगन्ने रुपमा आलु खेती गरिने तराई भु भाग हाल नेपालको आलु खेती गरिने कुल क्षेत्रफल १,९०,२५० हेक्टरको ३७ प्रतिशत भुभाग सयैमा पर्दछ । मध्यमाञ्चलको तराईमा पनि २२.६३५ हेक्टरमा खेती भई ३,५६,०३७ टन उत्पादन भइ सरदर हेक्टर उत्पादन १५.७३ टन पुग्दछ ।

यो नेपालमा आलु खेती गरिने कुल क्षेत्रफलको १० प्रतिशत भुभाग पर्दछ । आलु पोषक र स्वास्थ्यवर्द्धक मानिन्छ । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी ऊर्जा हुन्छ। आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ ।

आलु चिसो मौसममा फष्टाउने बालीली हो भने चिस्यान मुक्त मलिलो माटोमा राम्रो फल्छ । नेपालका धेरै ठाउँमा आलु खेती गरिन्छ । कृषकले पनि आलुखेतीबाट राम्रो आम्दान गर्न सफल भएका हुन्छन् ।

आलुलाई तरकारीका रुपमा मात्र नभइ उच्च पहाडी तथा हिमाली क्षेत्रमा खाद्यान्नकै रुपमा समेत प्रयोग गरिन्छ । उच्च पहाडी क्षेत्रमा राम्रो उत्पादन दिने जातहरुमा कुफ्रि ज्योति, जनकदेव, खुमल सेतो १, खुमल लक्ष्मी आदि जातहरु छन् ।

आलुका लागि उपयुक्त माटो

आलु खेतिका लागि हल्का चिसो माटो आवश्यक पर्ने गर्छ । आलु लगाउनुभन्दा पहिले खन जोत गरि माटोलाई खुकुलो पार्नु पर्ने हुन्छ । बढि सुख्खा माटो भएमा सिचाई गर्न सकिन्छ तर सिचाई गरेको ३ देखि ५ दिन सम्म पर्खिई आलु लगाउँदा माटोमा पानीको मात्र आलुका लागि आवश्यकता अनुसारको हुन सक्छ ।

मलको प्रयोग

आलु रोप्नु भन्दा पहिले मलको प्रयोग गर्न सकिन्छ । आलु रोप्नुभन्दा पहिले सतहमा मल छर्ने र सामान्य खनजोत गर्ने गर्नुपछ । यसपछि आलु लगाउने समयमा ड्याँगमा गोठेमलका साथै नाईट्रोजन र यूरिया प्रयोग गर्न सकिन्छ । आलुमा विषेश गरि नाईट्रोजन, यूरिया र पोटासको मिश्रण गराई प्रयोग गर्नु उपयुक्त हुन्छ ।

सिचाई
आलुमा सिचाईको मात्रा मिलाउनमा त्यहाँको माटोमा निर्भर रहने कृषि विज्ञहरुको भनाइ छ । आवश्यकता भन्दा वढि सिचाई भए आलुको फल कुहिएर नष्ट हुने डर भएकोले आलुको सिचाई गर्दा विषेश ध्यान दिनुपर्ने हुन्छ ।

आलु कसरी खन्ने

आलु १० हप्ता अर्थात साढे दुई महिनामा तयार हुन्छ । आलुलाई खन्दा सुख्खा दिनमा खन्ने गर्नुपर्छ । खन्ने समयमा विषेश ध्यान दिनुपर्ने हुन्छ । फलमा चोट लागे आलुनै ब्रिग्रने र कुहिने डर वढि हुन्छ । आलुलाई खनिसकेपछि पानीमा धुनु सबैभन्दा हानिकारक हुन्छ त्यसैले नधोई राख्नुपर्ने हुन्छ ।

आलु खेतिमा आउने समस्याहरु

आलु फलाउन जति सजिलो छ त्यस भन्दा धेरै गाह्रो यसलाई जोगाउन हुन्छ । आलुको तापक्रम मिलाउन नसके कुहिने डर बढि हुन्छ । यसमा रहेको माटो र चिसोपनालाई खनिसकेपछि विषेश व्यवस्थापन गर्न सकिएन भने कुहिन्छ ।

आलुमा लाग्ने विभिन्न रोगहरु हुन्छन् त्यस्ता रोगबाट बचाउनका लागि नजिकैको जेटीय, सेवाकेन्द्रका कर्मचारी वा जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गर्ने गर्नुपर्छ । उत्पदान भएको आलुको बजारको कमी भइरहेको छ भने मूल्यमा अस्थिरता, स्थानीय बजारको अभावजस्ता समस्या आलु किसानहरुले व्यहोरी रहेका छन् ।

आलुको सुरक्षा

आलु खनिसकेपछि भण्डार गर्ने स्थानमा लैजानुभन्दा पहिले घाम नपर्ने सुख्खा स्थामा राख्ने । यसपछि इमी डाक्लोरेपिड १७ दशमलव ८ लाई ५० एल पानीमा मिलाई आलुको दानमा छर्कने । यस्तो प्रक्रिया प्रत्येक दुई९दुई महिनामा गर्नुपर्ने हुन्छ ।

१. आलुमा लाग्ने रोग मध्ये एक हो डडुवा, डडुवा रोगलाई ढुसी नासक धुलो बिसादी को प्रयोग गर्नु पर्दछ । जस्तै इन्डो फिल यम९४५ ,डाइथेन यम९४५, किसान यम ९४५ ,राइनो यम९४५ आदी बिसादी पर्ती लिटर पानीमा २ देखि ३ ग्राम का दरले स्प्रे गर्ने ।

२. खैरो पिपचक्के- सोलानेसी परिवारको खेती भएको ठाउँमा खेती नगर्ने ,आलु न काटी सिङै रोप्ने, निरोगी चोटपटक नलागेको बिउ रोप्ने।

३. कालो खोस्टे बिउको उपचार गर्ने बिउको टुसा आउनु अगाडि प्रतिलिटर पानी मा डेरोसाल नामक धुलो बिसादी १.५ ग्राम को घोल बनाइ १० मिनेट सम्म भिजाउने र पछाडि टुसा आउन फिजाउने ।

आलु बालीमा लाग्ने किरा र त्यसको रोकथाम

१. लाही किरा- कुनै पनि किटनासक विषादी प्रति लिटर पानी मा १ देखि २ यम एल का दरले छर्ने ।

२. आलुको पुतली खेतमा चिस्यान राख्ने र राम्रो सँग उकेरा दिने ।

३. फेद कटुवा किरा-मालाथियन धुलो गुलियो खानेकुरामा मिसाइ स।साना गोली बनाइ ठाउँ ठाउँ मा राखि दिने ।

४. खुम्रे किरा- आलु लगाउँदा मलमा मालाथियन धुलो मिसाउने ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कालीमाटीमा आज कुन तरकारीको मूल्य कति छ ?
नौ महिनामा १० अर्ब बढीको अलैँची निर्यात
अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

ताजा

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.