• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ असार २०८३, मङ्गलबार
२३ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा
  • ६ घण्टा 

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
  • ८ घण्टा 

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर
  • ९ घण्टा 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी
  • ९ घण्टा 

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय
  • १० घण्टा 

मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
  • १२ घण्टा 

पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी
  • १२ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
  • १२ घण्टा 

वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • २. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ३. २०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

  • ६. २०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

  • ८. लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान तथा सामाजिक सेवासहित लायन्स वर्ष २०२६–२७ को शुभारम्भ

  • ९. वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

  • १०. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

गैर कृषि प्रयाेजनले मलकाे अभावमा मर्चवारका किसान

जानकारी केन्द्र २०८२, भाद्र, ६

भैरहवा । अन्न भण्डारको रुपमा मानिने रुपन्देहीको मर्चवारमा भने विगत केही वर्ष देखि मलखादको लागि किसानले भौतारिनु पर्ने अवस्था सृजना भएको छ ।

पहिला सस्तो र सहज रुपमा पाइने मल गैर कृषि प्रयोजनमा प्रयोग बढेपछि  किसानहरुलाई सास्ती हुने गरेको छ ।

रुपन्देही सम्मरीमाई–७  भैसागहनका ७० वर्षिय निजामुद्दीन मुसलमानले अहिलेको सिजनमा धानबालीमा मल(युरिया) हाल्न नपाएको बताउछन ।

करिब ३५ बोरा आवश्यक पर्ने मल उनले कहिले सहकारी धाउने त कहिले सिमा क्षेत्र धाउदैमा वितेको छ । धान रोपेको एक महिना भइसक्यो मल कहिले हाल्ने भन्ने चिन्ता उनिमा सताइरहेको छ ।

उनी भन्छन ‘भैरहवाको कृषि सामाग्री, साल्ट्र टेडिङ्ग पनि गए तर मल पाउने संकेत देखिएन अबको बाध्यात्मक विकल्प नै भारतबाट अवैध रुपमा भित्रिएको मल नै प्रयोग गर्ने होला’
सरकारले किसानहरुको लागि अतिआवश्यक मलखाद उपलब्ध गराउन नसक्नु गैर जिम्मेवार काम भएको बताउछन, राज्यले यो सहज व्यवस्था गर्नुको साटो किसानलाई दुःख मात्रै दिइरहेको छ ।’

मर्चवारकै रमाशंकर यादव पनि सहकारीबाट मल पाइन्छ कि भन्ने आशमा लाइनमै छन । सिमित मात्रामा आउने मलको एक–दूई बोरा पाइन्छ कि भनेर उनी सहकारी धाएको पनि महिना दिन भयो ।

यहाँ ९ सय पाइने मल ५० किलोको हुन्छ र गुणस्तर पनि भारतबाट आउने मलको मुल्य ३ हजार सम्म तिर्नुपर्छ ४५ किलो भनेर आउछ ४२ किलो पनि मुस्किलले हुन्छ । गुणस्तर भने मल हालेको खेतमा गल्न पनि समय लाग्छ ।

सरकारले यही व्यवस्था गरे कुनै किसान सिमा सिमा जादैनन । भारतिय सुरक्षाकर्मीले मल सहित पाए अहिले साइकल, मोटरसाइकल सहित लैजान्छन । डण्डा खानु भन्दा यही तस्करी मार्फत आएके गुणस्तरहीा प्रयोग गर्नुको विकल्प नभएको उनी बताउछन ।

अर्का किसान अमलेस चौधरी भन्छन पहिला यहाँ नपाए भारतबाट ल्याएर सहजै हाल्न पइन्थ्यो । सस्तो पनि थियो ५–७ सय मा पाइन्थ्यो । विगत २–३ वर्षदेखि मलको किल्ल्त मर्चवारका किसानलाई छ, तस्करको विगविगीले रेट बढेको छ, किसानले भन्दा गैर कृषि प्रयोजनमा मलको प्रयोग बढेपछि किसानहरुलाई झन दुख भएको बताए ।

सहकारी मार्फत आएको मल पनि राती देखिनै किसान लाइनमा बस्न मजबुर छ, थोरै हुनेलाई त एक–दुई बोराले पुग्छ धेरै हुनेलाई झन बढि दुख छ मागको पनि पूर्ति हुदैन ।

यी किसानहरु केवल उदाहरणीय पात्र मात्रै हुन । रुपन्देहीको सम्मरीमाई ७ मा मात्रै ११ सय घरधुरी छ, अधिकांसको पेशा कृषि नै भएकोले यो समस्या प्राय सबैमा छ । वडा अन्तर्गत थुप्रै गाँउहरु छन जस्को अनुदान मार्फत आएको मल महालक्ष्मी स्वालम्बन बचत तथा ऋण सहकारी मार्फत वितरण हुदै आएको छ ।

बेतकुइयामा रहेको कार्यालयले अहिले सम्म यो सिजनमा ४ पटक मात्रै मल पाएको सहकारीका व्यवस्थापक महेश लोधले भने । ८ सय विघा कृषि क्षेत्र रहेको यो वडामा कम्तिमा पनि १६ सय बोरा युरिया, ८ सय बोरा डिएपी र अन्य मलहरु चाहिन्छ । माग ३ हजार बोराको छ, ४ पटकमा ८ सय बोरा पनि आएको छैन हामीले कसरी वितर्ण गर्ने उनी भन्छन ।

४१० सहकारी सदस्य भएपनि सबै किसानलाई मल उपलब्ध गराउदै आएको सहकारीले  व्यवस्थित गर्न आफै किसान कार्ड बनाएको छ ।
भारतमा जोतवही हुने किसानले प्रति बोरा भारतिय २७० रुपैयामा पाउछन । त्यही मल पसलेले २ हजार नेपाली सम्म पारी नै बेच्ने गरेका छन । तस्करी मार्फत नेपाल ल्याएर मल बेच्नेले ३ हजार सम्ममा विक्री गर्ने गरेका छन ।
सम्मरीमाई ५ रोइनिहवामा रहेको भवानी स्वावलम्बन बहुउद्धेशीय सहकारीले वडामा मलको वितरण गर्दै आएको छ ।

व्यवस्थापक अशोक कुमार तिवारीले यहाँ १० हजार बोरा मल आवश्यक हुदा २ हजार पनि सिजनमा पाइदैन अनि कसरी समस्या समाधान हुन्छ । पोटासमात्रै आवश्यक अनुसार पाइएको छ । ११ टोल ९ गाउ मा करिब १५ सय घरधुरी रहेको वडामा संघीयता पछि यो मलखादको पूर्तिमा समस्या भएको छ । साल्ट टे«डिङ्ग र कृषि सामाग्रीबाट आएको युरिया मल ९ सय रुपैयामा वितरण गर्दै आएका छौ । जनसंख्याको आधारमा पाइने मल  टोल टोलमा बनाएको समूहले सबै किसानलाई पालो पालो वितरण गर्ने गरेको छ ।

समग्रमा किसान अहिले रासायनिक मलको कालोबजारीले पीडित छन् । सरकारले उपलब्ध गराउन नसकेपछि उनीहरु भारतीय मलमा निर्भरमा हुनु परेको छ । पहिला नेपाल भन्दा सस्तो हुने भारतिय मल पनि अहलिे कालोबजारीले बढि मुल्यमा किन्नुपर्ने बाध्यता किसानहरुको छ।

रुपन्देहीको मर्चवार, लुम्बिनी, भुलनीपुर, धकधईमा निर्वाध रुपमा भारतिय मलहरु पाइने गरेको छ । पछिल्लो समय किसानहरु मलको लागि भौतारिएपछि र सरकारले पनि पूर्ण रुपमा उपलब्ध गराउन नसकेपछि सुरक्षा संयन्त्रले किसानको लागि एकाध बोरा ल्याउदा सहजता उपलब्ध गराएको छ । सुरक्षा प्रमुखका अनुसार अवैध रुपमा व्यवसायिक रुपमा भित्रिने मलमा निगरानी गर्दै आएको बताउछन उनीहरुले । सशस्त्र प्रहरी र रुपन्देही प्रहरीले थुप्रै संचिति गरेको र अवैध रुपमा ठूलो मात्रामा मल ओसारपसार गर्नेलाई कारवाहीको दायरामा ल्याएको समेत बताए।

कृषि सामाग्री कम्पनि लिमिटेड प्रादेशिक कार्यालयले आवश्यक भन्दा कम मल आउदा समस्या भएको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा
जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर
दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी

ताजा

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.