• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

रिहा भएपछि चितवनमा रवि लामिछानेको विशेष सम्बोधन, ‘मिल्नुपर्नेहरु अन्तिममा मिलेरै छोड्छौं’

सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

गैर कृषि प्रयाेजनले मलकाे अभावमा मर्चवारका किसान

भैरहवा । अन्न भण्डारको रुपमा मानिने रुपन्देहीको मर्चवारमा भने विगत केही वर्ष देखि मलखादको लागि किसानले भौतारिनु पर्ने अवस्था सृजना भएको छ ।

पहिला सस्तो र सहज रुपमा पाइने मल गैर कृषि प्रयोजनमा प्रयोग बढेपछि  किसानहरुलाई सास्ती हुने गरेको छ ।

रुपन्देही सम्मरीमाई–७  भैसागहनका ७० वर्षिय निजामुद्दीन मुसलमानले अहिलेको सिजनमा धानबालीमा मल(युरिया) हाल्न नपाएको बताउछन ।

करिब ३५ बोरा आवश्यक पर्ने मल उनले कहिले सहकारी धाउने त कहिले सिमा क्षेत्र धाउदैमा वितेको छ । धान रोपेको एक महिना भइसक्यो मल कहिले हाल्ने भन्ने चिन्ता उनिमा सताइरहेको छ ।

उनी भन्छन ‘भैरहवाको कृषि सामाग्री, साल्ट्र टेडिङ्ग पनि गए तर मल पाउने संकेत देखिएन अबको बाध्यात्मक विकल्प नै भारतबाट अवैध रुपमा भित्रिएको मल नै प्रयोग गर्ने होला’
सरकारले किसानहरुको लागि अतिआवश्यक मलखाद उपलब्ध गराउन नसक्नु गैर जिम्मेवार काम भएको बताउछन, राज्यले यो सहज व्यवस्था गर्नुको साटो किसानलाई दुःख मात्रै दिइरहेको छ ।’

मर्चवारकै रमाशंकर यादव पनि सहकारीबाट मल पाइन्छ कि भन्ने आशमा लाइनमै छन । सिमित मात्रामा आउने मलको एक–दूई बोरा पाइन्छ कि भनेर उनी सहकारी धाएको पनि महिना दिन भयो ।

यहाँ ९ सय पाइने मल ५० किलोको हुन्छ र गुणस्तर पनि भारतबाट आउने मलको मुल्य ३ हजार सम्म तिर्नुपर्छ ४५ किलो भनेर आउछ ४२ किलो पनि मुस्किलले हुन्छ । गुणस्तर भने मल हालेको खेतमा गल्न पनि समय लाग्छ ।

सरकारले यही व्यवस्था गरे कुनै किसान सिमा सिमा जादैनन । भारतिय सुरक्षाकर्मीले मल सहित पाए अहिले साइकल, मोटरसाइकल सहित लैजान्छन । डण्डा खानु भन्दा यही तस्करी मार्फत आएके गुणस्तरहीा प्रयोग गर्नुको विकल्प नभएको उनी बताउछन ।

अर्का किसान अमलेस चौधरी भन्छन पहिला यहाँ नपाए भारतबाट ल्याएर सहजै हाल्न पइन्थ्यो । सस्तो पनि थियो ५–७ सय मा पाइन्थ्यो । विगत २–३ वर्षदेखि मलको किल्ल्त मर्चवारका किसानलाई छ, तस्करको विगविगीले रेट बढेको छ, किसानले भन्दा गैर कृषि प्रयोजनमा मलको प्रयोग बढेपछि किसानहरुलाई झन दुख भएको बताए ।

सहकारी मार्फत आएको मल पनि राती देखिनै किसान लाइनमा बस्न मजबुर छ, थोरै हुनेलाई त एक–दुई बोराले पुग्छ धेरै हुनेलाई झन बढि दुख छ मागको पनि पूर्ति हुदैन ।

यी किसानहरु केवल उदाहरणीय पात्र मात्रै हुन । रुपन्देहीको सम्मरीमाई ७ मा मात्रै ११ सय घरधुरी छ, अधिकांसको पेशा कृषि नै भएकोले यो समस्या प्राय सबैमा छ । वडा अन्तर्गत थुप्रै गाँउहरु छन जस्को अनुदान मार्फत आएको मल महालक्ष्मी स्वालम्बन बचत तथा ऋण सहकारी मार्फत वितरण हुदै आएको छ ।

बेतकुइयामा रहेको कार्यालयले अहिले सम्म यो सिजनमा ४ पटक मात्रै मल पाएको सहकारीका व्यवस्थापक महेश लोधले भने । ८ सय विघा कृषि क्षेत्र रहेको यो वडामा कम्तिमा पनि १६ सय बोरा युरिया, ८ सय बोरा डिएपी र अन्य मलहरु चाहिन्छ । माग ३ हजार बोराको छ, ४ पटकमा ८ सय बोरा पनि आएको छैन हामीले कसरी वितर्ण गर्ने उनी भन्छन ।

४१० सहकारी सदस्य भएपनि सबै किसानलाई मल उपलब्ध गराउदै आएको सहकारीले  व्यवस्थित गर्न आफै किसान कार्ड बनाएको छ ।
भारतमा जोतवही हुने किसानले प्रति बोरा भारतिय २७० रुपैयामा पाउछन । त्यही मल पसलेले २ हजार नेपाली सम्म पारी नै बेच्ने गरेका छन । तस्करी मार्फत नेपाल ल्याएर मल बेच्नेले ३ हजार सम्ममा विक्री गर्ने गरेका छन ।
सम्मरीमाई ५ रोइनिहवामा रहेको भवानी स्वावलम्बन बहुउद्धेशीय सहकारीले वडामा मलको वितरण गर्दै आएको छ ।

व्यवस्थापक अशोक कुमार तिवारीले यहाँ १० हजार बोरा मल आवश्यक हुदा २ हजार पनि सिजनमा पाइदैन अनि कसरी समस्या समाधान हुन्छ । पोटासमात्रै आवश्यक अनुसार पाइएको छ । ११ टोल ९ गाउ मा करिब १५ सय घरधुरी रहेको वडामा संघीयता पछि यो मलखादको पूर्तिमा समस्या भएको छ । साल्ट टे«डिङ्ग र कृषि सामाग्रीबाट आएको युरिया मल ९ सय रुपैयामा वितरण गर्दै आएका छौ । जनसंख्याको आधारमा पाइने मल  टोल टोलमा बनाएको समूहले सबै किसानलाई पालो पालो वितरण गर्ने गरेको छ ।

समग्रमा किसान अहिले रासायनिक मलको कालोबजारीले पीडित छन् । सरकारले उपलब्ध गराउन नसकेपछि उनीहरु भारतीय मलमा निर्भरमा हुनु परेको छ । पहिला नेपाल भन्दा सस्तो हुने भारतिय मल पनि अहलिे कालोबजारीले बढि मुल्यमा किन्नुपर्ने बाध्यता किसानहरुको छ।

रुपन्देहीको मर्चवार, लुम्बिनी, भुलनीपुर, धकधईमा निर्वाध रुपमा भारतिय मलहरु पाइने गरेको छ । पछिल्लो समय किसानहरु मलको लागि भौतारिएपछि र सरकारले पनि पूर्ण रुपमा उपलब्ध गराउन नसकेपछि सुरक्षा संयन्त्रले किसानको लागि एकाध बोरा ल्याउदा सहजता उपलब्ध गराएको छ । सुरक्षा प्रमुखका अनुसार अवैध रुपमा व्यवसायिक रुपमा भित्रिने मलमा निगरानी गर्दै आएको बताउछन उनीहरुले । सशस्त्र प्रहरी र रुपन्देही प्रहरीले थुप्रै संचिति गरेको र अवैध रुपमा ठूलो मात्रामा मल ओसारपसार गर्नेलाई कारवाहीको दायरामा ल्याएको समेत बताए।

कृषि सामाग्री कम्पनि लिमिटेड प्रादेशिक कार्यालयले आवश्यक भन्दा कम मल आउदा समस्या भएको जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

    ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

    नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    • ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु
    • नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.