ओलि अहिले पनि प्रतिगमनकै बाटोमा छन् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्दै अहिले पनि उनी प्रतिगमनकै बाटोमा रहेको तर्क गरेका छन् । प्रचण्डले आज सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले आत्मसुरक्षाका लागि प्रतिनिधिसभा विघटन गर्ने प्रतिक्रान्तिकारी कदम चालेको र प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमत सदस्यहरुले ओलीलाई कारबाही गरेको सम्झिए ।
ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको उनको दाबी छ । संविधानको धारा ७६ (५) मा ह्वीप लाग्दैन भन्ने अदालतको फैसला रहेको, सभामुखले १५ दिनभित्र लिनुपर्ने निर्णय गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘तर माधव नेपाललाई देख्यो कि कार्यक्रममै नजाने गर्नु भएको छ । यो भन्दा अराजीतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र केही हुन्छ
‘यदि निर्वाचन आयोगले संविधान, ऐन र हिजोको नजिर अनुसार काम गरेको भए केपी ओली पार्टीविहीन हुने थिए । सूर्य चिन्ह हाम्रो भइसकेको थियो,’ उनले भने, ‘बबुरो पार्टीको रुपमा उनको स्थिति नाजुक हुने थियो । ठूलो षड्यन्त्र अनुसार उनलाई बचाइएको हो ।’
ओलीले पनि हार स्वीकार गरेर नयाँ पार्टी दर्ता गरेको तर, असंवैधानिक रुपमा निर्वाचनमा आयोगमा लगिएका मानिसहरुले उनलाई बचाइएको उनको दाबी छ ।
एमालेले अहिलेको गठबन्धन टुट्छ भने कांग्रेसलाई एकलौटी सरकार बनाउन दिने, एमसीसी पास गर्न सहयोग गर्ने जस्ता प्रस्ताव राखेको भन्दै प्रचण्डले यो पनि प्रतिगमनका लागि वातावरण बनाउने प्रयास भएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कमजोर हुन नदिने विश्वास दिलाएको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, गठबन्धनलाई अझ बलियो बनाएर निर्णायक ढंगले परास्त गर्ने गरी प्रस्तुत हुन्छौं ।’
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


