• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ जेठ २०८३, शुक्रबार
०१ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ ०३ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
  • १० घण्टा 

भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा
  • ११ घण्टा 

टीसीएल ‘ब्रिजइन’ एसी नेपाली बजारमा : शितलताको नयाँ अनुभव
  • १३ घण्टा 

ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक
  • १४ घण्टा 

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ
  • १५ घण्टा 

२०८३ साल जेठ महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल
  • १६ घण्टा 

आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै
  • १६ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. २०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. २०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै

  • १०. यस्तो छ आजको मौसम पुर्वानुमान

शेयर लगानीकर्ता आक्रोशमाः १० लगानीकर्ता संठन आजदेखि संयुक्त आन्दोलन गर्दै

admin २०७९, जेष्ठ, ३०

जानकारी केन्द्र । विभिन्न १० शेयर बजार सम्बद्ध संघसंगठनहरुले आजदेखि संयुक्त रुपमा आन्दोलन गर्ने जनाएका छन् ।

पूँजी बजार सुधार समितिको नेतृत्वमा जेठ २३ गतेबाट नै आन्दोलन जारी छ । यसैबीच, पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल करिब १ साता लामो व्यक्तिगत भ्रमणमा अमेरिका जान लागेका छन् ।

यसैगरी, संगठनहरुले आज सोमबार एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बजारको विकास र विकासका लागि निर्णायक आन्दोलन गर्ने जनाएका हुन् । संयुक्त विज्ञप्ती जारी गर्नेमा नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरममा सभापति अम्बिकाप्रसाद पौडेल, पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला, नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे , नेपाल स्वतन्त्र पूँजी बजार संघका अध्यक्ष रोहन कार्की, नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल, स्वतन्त्र पूँजी बजार सुधार संघका अध्यक्ष सुशील लुनिया र लगानीकर्ता हित संरक्षण मन्चका अध्यक्ष सुदर्शन पाठक छन् ।

विज्ञप्तीमा भनिएको छः

नेपालको पूँजी बजार सुधार र विस्तारका लागि सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु नगर्दा पूँजी बजारमा गम्भीर समस्या उत्पन्न भई लगानीकर्ताहरुको पलायन तीब्र भएको छ । यस अवस्थामा सरकारले गर्छु भनेका कामहरु तत्काल गरी लगानीकर्ताहरुलाई आस्वस्त पार्न माग गर्दै लगानीकर्ताहरुको तर्फबाट तिलक कोइरालाको संयोजकत्वमा गठन भएको पूँजी बजार सुधार संघर्ष समितिले प्रस्तुत गरेको १९ बुँदे माग हामी सबै लगानीकर्ता संघसंस्थाहरुको साझा माग भएको स्पष्ट गर्छौ र ती मागहरु अबिलम्ब पुरा गराउन घोषित संघर्षका कार्यक्रममा सक्रियतापुर्वक सहभागी हुन सम्पूर्ण लगानीकर्ता र पूँजी बजारका सरोकारवालाहरुमा हार्दिक आह्वान गर्दछौँ।

यसै सिलसिलामा संघर्ष समितिले जेठ ३० गते राखेको सबै जिल्ला प्रशासन कार्यालयहरुमा प्रदर्शन र माग पत्र पेश गर्ने कार्यक्रममा ब्यापक सहभागिता जनाउन र जेठ ३१ गते काठमाडौमा हुने बिशेष कार्यक्रमलाई प्रभावकारी बनाउन सम्पूर्ण लगानीकर्ताहरुमा अपील गर्दछौ । यसपटक आन्दोलनले ठोस उपलब्धि हाँसिल नगरेसम्म हामीले मैदान नछाड्ने प्रतिबद्धता ब्यक्त गर्दै नियमनकारी निकायले हामी प्रतिशोध साँधेमा त्यसको एकताबद्ध प्रतिबाद गर्ने अठोट ब्यक्त गर्दछौं ।

यस बिषम परिस्थितिमा शेयर धितो कर्जा लिएकाहरुलाई मार्जिन कल गरी बैंक आफैले लगानीकर्ताको सेयर एकतर्फी रुपमा बिक्री गर्ने कार्य रोक्न सम्बन्धित बैंक र ब्रोकरहरुलाई आग्रह गर्दछौं । यदि एकतर्फी रुपमा लगानीकर्तालाई क्षति हुने गरी शेयर बिक्री भएमा कानूनी र अन्य उपचारका लागि हामी लगानीकर्ताका संघसंस्थाहरु एकताबद्ध रुपमा सक्रिय हुने चेतावनी पनि दिन चाहन्छौँ ।

संठनहरुले सरकारले तत्काल १९ बुँदे माग कार्यान्वयन नगरेमा उत्पन्न हुने परिस्थितिप्रति सरकार नै जिम्मेवार हुनुपर्ने चेतावनी पनि दिएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा
टीसीएल ‘ब्रिजइन’ एसी नेपाली बजारमा : शितलताको नयाँ अनुभव

ताजा

२०८३ जेठ ०३ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा

टीसीएल ‘ब्रिजइन’ एसी नेपाली बजारमा : शितलताको नयाँ अनुभव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.