शेयरबजारमा गयो पहिरो, आज कारोबार कति?
जानकारी केन्द्र । आज मंगलबार पनि शेयर बजार ओरालो लाग्दा नेप्से परिसूचक २ हजार विन्दुभन्दा तल झरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३६.०७ अंकले घटेर १९९६.२६ विन्दुमा पुगेको छ । आज नेप्से १.७८ प्रतिशतले घटेको छ । साथै, सेन्सेटिभ परिसूचक पनि ६.४८ अंकले घटेर ३८३.५१ विन्दुमा रोकिएको छ ।
मंगलबार जम्मा २३२ कम्पनीको ४१ लाख ४७ हजार २ सय ५५ कित्ता शेयर खरिदबिक्री भई १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १ सय ७९ रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ ।
आज सर्वाधिक कारोबार गर्नेमा शिवम् सिमेन्ट छ । कम्पनीको ४ करोड ६७ लाख १८ हजार रूपैयाँ बराबरको कारोबार भएको देखिएको छ ।
आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड सबैभन्दा धेरै नाफा कमाउन सफल भएको छ । उक्त संस्थाको शेयरमूल्य ८.१८ प्रतिशतले बढेर ४ सय ४८ रूपैयाँ ४० पैसा भएको छ ।
यसैगरी, हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेर ३ सय ४४ रूपैयाँ ३० पैसामा झरेको छ ।
शेयर लगानीकर्ताहरू पूँजी बजार विरोधीको विरूद्धमा विभिन्न मागसहित आन्दोलन गरि नै रहेका छन् । उनीहरुको माग सम्बोधन भएदेखि बजारमा हरियाली छाउने आंकलन गरिए तापनि हाल बजारको अवस्था धेरै नै कमजोर देखिन्छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
