Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

किशोरलाइ मारेको अभियोगमा दोसी साँढे हिरासत पुग्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २
किशोरलाइ मारेको अभियोगमा दोसी साँढे हिरासत पुग्यो

एजेन्सी । दक्षिण सुडानमा एउटा अनौठो घटना घटेको छ ।

घटनामा एक १२ वर्षीय किशोरलाई मारेको अभियोगमा प्रहरीले साँढे र त्यसको मालिकलाई हिरासतमा लिएको छ । इन्डिपेन्डेन्टका अनुसार गत साता साँझको समयमा फार्मबाट फर्किने क्रममा साँढेले बालकलाई हिर्काएको थियो । साँढेको चोटले बालकको घटनास्थलमै मृत्यु भएको थियो ।

प्राप्त विवरणअनुसार उक्त घटनाअघि सो जनावरले लेक्स स्टेटमा हलो जोतेको थियो ।

प्रहरी प्रवक्ता मेजर एलियाह माबोरले भने, “साँढे अहिले रुम्बेक सेन्ट्रल काउन्टीको प्रहरी चौकीमा हिरासतमा छ । किशोरको शव पोस्टमार्टमपछि अस्पतालबाट अन्तिम संस्कारका लागि घर पठाइएको छ ।”

सोही राज्यमा भेडाले ४५ वर्षीया महिलाको हत्या गरेको एक महिना नपुग्दै पछिल्लो घटना भएको हो । भेडाको आक्रमणमा गम्भीर महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । पछि भेडालाई थुनामा राखिएको थियो ।

भेडाको गिरफ्तारीबारे बोल्दै माबोरले भनेका थिए, “मालिक निर्दोष छ । तर, अपराध गर्ने भेडा पक्राउका लागि योग्य छ ।”

Top Changing Nepal

युट्युब सट्स