Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

ब्रेकअपपछि पूर्व प्रेमिकासँग डेटिङ खर्चको क्षतिपूर्ति माग, खर्चको सूची पनि जुटाए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ५
ब्रेकअपपछि पूर्व प्रेमिकासँग डेटिङ खर्चको क्षतिपूर्ति माग, खर्चको सूची पनि जुटाए

एक व्यक्तिले सांघाईमा आफ्नो पूर्व प्रेमिकालाई डेटिङ गर्दा लागेको सबै खर्चको क्षतिपूर्ति मागेपछि उनी चरम चर्चाको विषय बनेका छन् ।

चिनियाँ सञ्चार माध्यमहरूले सांघाइका एक अज्ञात व्यक्तिले आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा भएको खर्च माग गरेको जनाएको छ । उनले सम्बन्धमा रहँदा खर्च गरेको पैसाको सम्पूर्ण सूची र प्रमाणसमेत जुटाएको जानकारी छ ।

विस्तृत ‘ब्रेकअप लिस्ट’ले चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्को वहस सुरु गरेको छ । धेरैजना ती व्यक्तिको दाबीभन्दा महिनौंदेखि डेटिङको खर्च सम्झने क्षमताबाट चकित आश्चर्यचकित छन् । व्यक्तिको खर्च सूचीमा ‘दुई बोतल पानी’ देखि ‘एक्स गर्लफ्रेन्डीकी’ विरामी आमाको हेरचाह खर्चसमेत समेटिएको छ ।

उक्त विस्तृत कागजातमा प्रत्येक खर्च जोडीलाई बाँडिएको थियो वा पूर्व प्रेमिका एक्लैले लाभ उठाएकी थिइन भन्ने पनि उल्लेख छ ।

जस्तैः एउटा उदाहरणमा उनले ‘स्न्याक्स किन्न र त्यो सबै महिलालाई खुवाउन’ ३६.१ युआन खर्च गरेका थिए । यस्तो खर्च भने सम्पूर्ण महिलाले बेहोर्नुपर्ने उनले अनुरोध गरेका हुन् ।

त्यस्तै, अर्को उदाहरणमा चाङनिङको एउटा रेस्टुरेन्टमा दुई जनाले डिनर लिएको उल्लेख छ । जहाँ उनले महिलाले खर्च गरेको रकमको ५० प्रतिशत क्षतिपूर्ति दिनुपर्ने बताए ।

उनले समग्र डेटिङमा कुल ७२ हजार युआन खर्च गरेको दाबी गरे । तर, उनले क्षतिपूर्ति माग भने ६ करोड १४ लाख ७ हजार २५ युआन गरेका छन् ।

Top Changing Nepal

युट्युब सट्स