मोरङमा गुडिरहेको बसभित्र एसिड पोखिँदा ५ घाइते
काठमाडौं । मंगलबार दिउँसो कटहरी गाउँपालिकामा रंगेली जाँदै गरेको बसभित्र एसिड पोखिँदा पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठलका अनुसार १ ख ३९८१ नम्बरको बसभित्र कटहरी-४ बस्ने २५ वर्षीय सुन पसल सञ्चालक राहुल साहले प्लास्टिकको बोतलमा एसिड बोकेका थिए । बसमा ब्रेक लागेपछि उनको हात थिचिएर बोतलको बिर्को खुली एसिड पोखिएको जनाइएको छ ।
मोरङको सुनवर्षी नगरपालिका-४ की २२ वर्षीया निता राजवंशी, २२ वर्षीया सविहा खानम, धनपालथान गाउँपालिका–५ का ४२ वर्षीय ओमनारायण राजवंशी, सुनसरी बराहक्षेत्र नगरपालिका-८ का ४० वर्षीया सुमित्रा उराव र भोजपुरको अरूण गाउँपालिका-१ याङपाङका २० वर्षीय विनोद परियार घाइते छन् ।
परियार सो गाडीका सहचालक समेत हुन् । घाइतेहरूको सामान्य उपचारपछि डिस्चार्ज भएको तर हालसम्म सुन पसल सञ्चालक भने फरार छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
