मोरङमा गुडिरहेको बसभित्र एसिड पोखिँदा ५ घाइते
काठमाडौं । मंगलबार दिउँसो कटहरी गाउँपालिकामा रंगेली जाँदै गरेको बसभित्र एसिड पोखिँदा पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठलका अनुसार १ ख ३९८१ नम्बरको बसभित्र कटहरी-४ बस्ने २५ वर्षीय सुन पसल सञ्चालक राहुल साहले प्लास्टिकको बोतलमा एसिड बोकेका थिए । बसमा ब्रेक लागेपछि उनको हात थिचिएर बोतलको बिर्को खुली एसिड पोखिएको जनाइएको छ ।
मोरङको सुनवर्षी नगरपालिका-४ की २२ वर्षीया निता राजवंशी, २२ वर्षीया सविहा खानम, धनपालथान गाउँपालिका–५ का ४२ वर्षीय ओमनारायण राजवंशी, सुनसरी बराहक्षेत्र नगरपालिका-८ का ४० वर्षीया सुमित्रा उराव र भोजपुरको अरूण गाउँपालिका-१ याङपाङका २० वर्षीय विनोद परियार घाइते छन् ।
परियार सो गाडीका सहचालक समेत हुन् । घाइतेहरूको सामान्य उपचारपछि डिस्चार्ज भएको तर हालसम्म सुन पसल सञ्चालक भने फरार छन् ।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

