आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
काठमाडौं । नेपाल सरकारले आज बिहीबारदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउने जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले पहिलो चरणअन्तर्गत २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने जनाएको छ । त्यस्तै, पहिलो चरणमा प्रदेश १ मा इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा खोप दिइनेछ भने मधेस प्रदेशमा धनुषा, पर्सा, सिरहा, सप्तरी र महोत्तरी जिल्लामा खोप दिइनेछ ।
यसैगरी, बागमती प्रदेशमा ललितपुर, काठमाडौं, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप लगाइनेछ भने गण्डकी प्रदेशमा कास्की र नवलपरासी पूर्वमा खोप दिइनेछ । कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप दिइनेछ ।
त्यस्तै, विद्यालयमा रहेको खोप केन्द्रमार्फत खोप दिइने जनाइएको छ । मन्त्रालयले दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने जनाएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

