काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।