के निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण होला त? सर्वोच्च अदालतको राय यस्तो..
काठमाडौं । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे परेको रिटमाथि गरेको फैसलाले विमानस्थल बनाउन नरोके तापनि न्यूनतम वातावरणीय क्षतिबाट भनेको छ । फैसलाको पूर्ण पाठमा वृहत इजलाशका तीन न्यायाधीशले निजगढको नाम उल्लेख नगरी परमादेश जारी गरेको जनाइएको छ ।
यस्तैमा, दुई न्यायाधीशको राय फरक रही निजगढमै विमानस्थल बनाउनुपर्ने भनिएको छ । निजगढमा विमानस्थल बनाइन्छ वा विकल्प खोजिन्छ भन्ने विषय धेरैको चासो बनेको छ ।
निजगढ काठमाडौंबाट धेरै टाढा छैन । हवाई दूरी मात्र ५८ किलोमिटर र फाष्ट ट्रयाक निर्माण पूरा भएमा सडक मार्गबाट खोकना हुँदै बाराको निजगढसम्म ७६.२ किलोमिटर दूरी रहन्छ । यति छोटो दूरीबीच देशमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय अहिलेको गम्भीर विषय बनेको छ ।
निजगढमा विमानस्थल बनाउँदा साँढे २४ लाख रुख काटिने तय छ । साथै, निजगढको विमानस्थल बन्ने उक्त क्षेत्रमा २४ लाख ५० हजार ३ सय १९ ठूला र पोल साइजका रुख रहेको वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ ।
सर्वोच्चले पनि निजगढका लागि आवश्यक ८ हजार ४५.७९ हेक्टर अर्थात् ११ हजार ८ सय ७९ं७२ बिघा जमिनक्षेत्रमध्ये झण्डै ८ हजारमा जीवजन्तु, वनस्पती रहेको उल्लेख गरेको छ । विमानस्थलका लागि रुख काटिए त्यहाँ यति ठूलो परिमाणमा रहेका जीवजन्तुको वासस्थान नै मेटिनेछ । तांगिया वृक्षारोपण, सहजनाथ साझेदारी वन, तामागढी साझेदारी वनसमेत रहेकाले वनक्षेत्रमा ५ सय प्रजातिका चराचुरुंगी, २२ किसिमका लोपोन्मुख बोटविरुवा, २३ किसिमका स्तनधारी वन्यजन्तु रहेको उल्लेख छ । जसमा बाघ, गैंडा जस्ता दुर्लभ वन्यजन्तु पनि पर्ने जनाइएको छ ।
रुखको मूल्यांकन गर्दा साना र मझौला आकार भनेर गरी ठूलो अनियमितता गर्न खोजिएको समेत भनिएको छ । तर, ६९ अर्ब रुपैयाँभन्दा बढीको वन पैदावर नोक्सान हुने हिसाब आएको छ । निजगढ निर्माण सुरु भएमा यति ठूलो परिमाणमा नोक्शानी हुने देखिन्छ । सर्वोच्चको फैसलाले निजगढमा विमानस्थल बनाउन रोक्ने आदेश जारी गरेको छैन । मात्र वातावरणीय क्षति कम गरेर विकल्प खोज्न भनेको छ ।
सरकारले निजगढको साटो अन्य क्षेत्रमा विमानस्थल निर्माण गर्ने प्रक्रिया बढाउने सम्भावना पनि छ । प्रदेश १ या सुदूरपश्चिम प्रदेशमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु हुन सक्ने सम्भावना उत्तिकै छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
