बाल अस्पतालको बस दुर्घटनामा एकको मृत्यु, ४३ घाइते
जानकारी केन्द्र
२०७९, असार, १७
काठमाडौं । काभ्रेको बनेपामा बस सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।
बनेपा १० स्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बा १ ज ५७४७ नम्बरको बस सडकको डिलबाट खस्दा दुर्घटना भएको हो । दुर्घटनामा ५२ वर्षीय लेख कुमारी बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
त्यस्तै, घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीका अनुसार कर्मचारी बोकेर निस्केको अस्पतालको बस मोटरसाइकललाई साइड दिने क्रममा भासिएर पल्टिएको हो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
