हैजाका लक्षण पत्ता लागाउने र हैजाबाट बच्ने उपाय..
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा काठमाडौं उपत्यकामा हाल १७ जनामा हैजा पुष्टि भएको छ ।
मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । हैजाको पहिलो लक्षणहरु पत्ता लागे, औषधी उपचार गरी जाती हुन सकिन्छ ।
लक्षणहरुः
– लगातार दिसा र बान्ता भइरहनु
– रक्तचाप कम र नाडीको गति बढ्नु ।
– अकस्मात र छिनछिनमा पानीजस्तो पातलो दिसा दिनमा २०–२५ पटक हुनु
– दिसा सुरुको अवस्थामा खैरो वा चौलानी रङको हुनु र पछि गएर दिसामा मासी तथा रगतको अंश देखिन थाल्नु
– वान्ता सुरुको अवस्थामा खाएको खानाको अंश र पछि गएर पातलो चौलानी रङको रुपमा आउनु थाल्नु
– लगातारको दिसा र बान्ताका कारण शरीरमा पानीको कमी हुन थाल्नु र मुख, घाँटी सुक्नु र तिर्खा लागिरहनु
– शरीरमा पानीको अभावका कारण मांसपेसी बाउँडिनु, छाला चाउरिनु, आँखा भित्र गाडिनु, गालामा खाल्डो पर्नु र पेट भित्र पस्न थाल्नु
– शरीरको तापक्रम कम हुन गई बिरामी हिउँ जस्तै चिसो हुनु
– पानीको कमीका कारण पिसाब कम हुनु र पछि पिसाब नै बन्द हुनु ।
हैजाबाट बच्ने उपायहरुः
– जथाभावी दिसापिसाब नगर्ने
– खाना खानुअघि वा दिसा गरेपछि अनिवार्य रुपमा साबुनले हात धुने
– पानी राम्ररी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने
– बासी, सडेगलेको, झिँगा बसेको र खुला रुपमा राखिएका खानेकुरा नखाने
– चर्पी नभएमा खाल्डो खनेर दिसापिसाब गरी माटोले पुर्ने
– पुनर्जलीय झोल बनाएर खाने र खुवाउने
– सडकमा तयार तथा बाहिरबाट तयार गरी सडकमा बेच्न राखिएका चिज नखाने
– पानीको स्रोत तथा भन्डारण गरिएको ठाउँ इनार, पोखरी आदि संक्रमित हुनबाट जोगाउने
– बिरामीको मलमुत्र तथा बान्तालाई घरबाट टाढा सुरक्षित स्थानमा गाड्ने
– खानेकुरा राम्ररी पकाएर मात्र खाने
– स्वास्थ्यकर्मीको निर्देशनमा औषधि खाने
– घर वरिपरि किटनासक औषधि स्प्रे गरी सफा राख्ने
– घरमै उपलब्ध हुनसक्ने खानेकुराहरु जस्तैः भातको माड, झोल पदार्थ, दालको रस, गेडागुडी वा तरकारीको रस प्रशस्त मात्रामा खाने
– काँचै खाइने खानेकुरा सफा पानीले राम्ररी पखालेर मात्र खाने ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह