आकर्शक छुटसहित रिप्पलको आधिकारिक शोरुम पूलचोकमा शूभारम्भ
ललितपूर, असार २० । आकर्शक छुटसहित रिप्पलको आधिकारिक शोरुम पूलचोकमा शूभारम्भ भएको छ । नेपाली ब्रान्ड रिप्पलको कम्प्युटर, ल्यापटप एवम् आवश्यक उपकरणको आधिकारिक वितरक कम्पनी एस्ट्रो आइसोलुसनले रिप्पलको कुनै पनि सामान खरिद गर्दा शूभारम्भको अवसरमा विशेष छुटको समेत व्यवस्था रहेको कम्पनीका सञ्चालक दिक्षित भट्टले बताउनुभएको छ ।
उक्त शोरुममा अत्याधुनिक टेक्नोलोजीसहितका कम्प्युटर ल्यापटप लगायत कम्प्यूटरसँग सम्बन्धित आवश्यक सम्पूर्ण सामानहरु उपलब्ध रहने जनाइएको छ ।
रिप्पलटेक नेपालकै पहिलो ल्यापटप ओइएम ब्रान्ड हुनका साथै स्टार्टअप कम्पनी रहेकाले सुलभ रकममा राम्रो ल्यापटप, कम्प्यूटर लगायत अन्य उपकरणहरु खरिद गर्न सकिने बताइएको छ । रिप्पलको पहिलो ल्यापटप रिप्पल आर्टिफ्याक्ट हो । त्यसपछि, कम्पनीले धेरै मोडलका ल्यापटपहरु सार्वजनिक गरिसकेको छ ।
अरु ब्रान्डको तुलनामा रिप्पलमा विशेष के छ भन्ने हाम्रो प्रश्नमा जवाफ दिने क्रममा रिप्पल कम्नीका सिइओ राहुल कायास्थलले नेपालको पहिलो इन्जिनियरिङ म्यानुफ्याक्चर कम्पनी रहेको र यस ब्रान्डका सामानहरु अन्यभन्दा सस्तो मूल्यमा बिक्रिवितरण गरिँदै आएको बताउनु भएको छ ।
रिप्पल कम्पनीको प्यान्डोरा, प्यान्डोरा क्रिएटर इडिसन्, आर्टिफ्याक्ट, आर्टिफ्याक्ट प्रो, रेज, रेज प्रो, जेनोस, जेनोस प्रो, नोभा, नोभा प्रो र नोभा प्रो राइजन मोडलका ल्यापटपहरु बजारमा उपलब्ध छन् । साथै, नेपालमा पहिलो पटक टुवेल्थ जेनरेशनको ल्यापटप भित्राउने कम्पनी पनि रिप्पल रहेको छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु


