Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

गोहीसँग विवाह भएपछि युवाले हर्षमा गरे चुम्बन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २०
गोहीसँग विवाह भएपछि युवाले हर्षमा गरे चुम्बन

आजकाल निकै अचम्मका विवाह भइरहेका छन् । कहिले कुकुरसँग त कहिले आफैँसँग विवाह गरिरहेका छन् ।

यस्तै अचम्मको विवाह मेक्सिकोमा हालै भएको छ । जहाँ मेक्सिकोको ओक्साका शहरको एउटा गाउँका मेयरले गोहीसँग विवाह गरे । उनले विवाहपछि दुलही गोहीलाई चुम्बन पनि गरे । यद्यपि, गोहीको मुख बाँधिएको थियो । विवाहको फोटो र भिडियोले हाल सामाजिक सञ्जालमा चरम चर्चा पाइरहेको छ ।

रोयटर्सले पेड्रो हुआमेलुला गाउँका मेयर विक्टर ह्युगो सोसाले बिहिबार सात वर्षको गोहीसँग विवाह गरेको जनाएको छ । विवाहको अवसरमा गोहीलाई सेतो पोसाकसँग अन्य रङ्गीन कपडा पनि लगाइएको थियो ।

विवाह सयौँ वर्ष पुरानो परम्परा अन्तर्गत गरिएको हो । ओक्साका राज्यको चोन्तल र हुआवे समुदायको यो परम्परा सयौँ वर्ष पुरानो हो । जहाँ गोहीलाई एउटा सानो राजकुमारीको रुपमा लिइन्छ, जो धर्ती माताको प्रतिनिधित्व गर्ने देवी हुन् । मेयरको गोहीसँग विवाहलाई मानिसलाई ईश्वरसँग जोड्ने प्रतिकको रुपमा लिइएको छ । यसमा प्रकृतिलाई धन्यवाद दिइन्छ र भविष्यमा पनि उदार रहिरहन प्रार्थना गर्ने गरिन्छ ।

मेयर विक्टरले गोहीसँगको आफ्नो विवाहबारे भने, ‘हामी प्रकृतिसँग पर्याप्त वर्षाको माग गर्छौँ ताकि नदीमा पर्याप्त माछा होउन्, ताकि हामीले पर्याप्त भोजन पाउन सकौँ ।’ एलिया एदिथ आगुइलरले भनिन् ‘यसले मलाई असाध्यै खुसी दिलाएको छ र आफ्नो धरातलप्रति गर्व महसुस गराएको छ,’ । यो विवाहको आयोजना एलियाले गरेकी हुन् । उनलाई धेरैले गडमदर भनेर चिन्छन् । उनले भनिन्, ‘यो कार्यक्रम आयोजना गर्ने सुअवसर मैले नै पाएँ । दुलहीलाई के लगाइदिने होला भनेर मैले धेरै समय बिताएँ ।’ ‘यो निकै राम्रो परम्परा हो ।’

Top Changing Nepal

युट्युब सट्स