आइतबार सार्वजनिक बिदा
जानकारी केन्द्र
२०७९, असार, २३
काठमाडौं । सरकाले आगामी आइतबार देशभर सार्वजनिक बिदा दिएकाे छ । असार २६ गते आइतबारका दिन इस्लाम धर्मावलम्बीहरूकाे पर्व बकर इद परेकाले साे दिन देशभर सार्वजनिक बिदा दिने घाेषणा सरकारले गरेकाे हाे । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै साे बारे जानकारी गराएकाे हाे ।
नेपाल राजपत्र २०७८/११/२६ मा सूचनामा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूकाे बकर इद (इद उल अजहा) का दिन बिदा दिने व्यवस्था रहेकाे र उक्त पर्व वि.स. २०७९/३/२२ गते आइतबार पर्ने भनि मुस्लिम आयोगबाट अनुराेध भइ आएकाले असार २६ गते सार्वजनिक बिदा कायम गर्ने निर्णय भएकाे जारी सूचनामा उल्लेख गरिएकाे छ ।

सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
