२ जनामा ओमिक्रोनको नयाँ भेरिएन्ट पुष्टिसँगै संक्रमणको खतरामा नेपाल
काठमाडौं । नेपालमा दुई जनामा ओमिक्रोनको उपप्रजाति ‘बीए ५’ भेरिएन्ट पुष्टि भएको जनाइएको छ ।
मन्त्रालयको प्रवक्ता डा. संगिता मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको ३२ वटा नमुनको जीन सिक्वेन्सिङ परीक्षण गर्दा दुई जनामा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए ५’ पुष्टि भएको जनाए । उने प्रयोगशालामा हरेक दुई हप्तामा जीन सिक्वेन्सिङ गर्ने गरेको बताए ।
बाँकी २८ नमुनामा बीए प्वाइन्ट टू र दुई जनामा बीए प्वाइन्ट वान देखिएको छ । बीए प्वाइन्ट फोर र बीए प्वाइन्ट फाइभ भेरियन्टका दुई नयाँ उपप्रजातिहरूका कारण कोरोना भाइरस संक्रमण दर विश्वभर पुनः बढिरहेको छ ।
उक्त भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको थियो । छिमेकी देश भारतसहित अधिकांश युरोपेली देशहरू, अमेरिका, अस्ट्रेलिया र अफ्रिकामा यो भेरियन्ट पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले उक्त उपप्रजातिहरूलाई मार्च महिनामा चिन्ताजनक भाइरस भन्दै निगरानीको सूचीमा राखेको थियो ।
कम घातक भनिए पनि छिटो फैलन सक्ने देखिएकाले जोखिम समूहमा रहेका व्यक्तिहरूले सतर्कता अपनाउनु पर्ने विज्ञहरूले सुझाव दिएका छन् । भाइरस ओमिक्रोन जस्तै सङ्क्रमण भएपनि यसअघिको अल्फा र डेल्टा जस्तो घातक नहुने जनाइएको छ ।
चिकित्सकका अनुसार ओमिक्रानका लक्षणहरु शरीर दुख्ने र असहज हुने, थकान महसुस हुने, टाउको र शरीरका मांशपेशी दुख्ने, शरीर हल्का तातिएको महसुस हुने‚ नाकबाट पानी आउने र बन्द हुने‚ ज्वरो आउने रहेको छन् । खोप लगाएर जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरेमा आत्तिइहाल्नु पर्ने अवस्था नरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
