काठमाडौं । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १४ सय रुपयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार एक सय रुपैँया तोकिएको छ ।
यसैगरी, महासंघले आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको जनाएको छ ।