Jankari Kendra
१४ श्रावण २०८३, बिहीबार
Worldlink

आज यी ठाउँमा वर्षाको सम्भावना..

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, असार, २६
आज यी ठाउँमा वर्षाको सम्भावना..

काठमाडौं । आज आइतबार पनि देशका केही स्थानमा वर्षा हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज कतै ठूलो वर्षाको सम्भवना चाहिँ छैन । आज देशका धेरै स्थानमा घाम लाग्ने सम्भावना छ ।

काठमाडौंमा बिहानैदेखि चर्को घाम लागेको छ । तापक्रम बढ्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार राती देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ ।

यस क्रममा प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी भू-भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Top Changing Nepal

युट्युब सट्स