चिनियाँ नेता लिउले माधव नेपालसँग अपरान्ह भेट गर्ने
जानकारी केन्द्र
२०७९, असार, २८
२८ असार २०७९, काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चोओबीच भेटवार्ता हुने भएको छ। उनीहरुबीच मंगलबार अपरान्ह ४ बजेपछि भेट हुने बताइएको छ। नेता नेपाल निकट एक नेताका अनुसार नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ।
नेपाल भ्रमणमा रहेका नेता लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन्। लिउ अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। बिहान १० बजेदेखि बालकोटमा रहेका लिउसँगको वार्ता अझै जारी छ।
लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सँग पनि भेट्न कार्यक्रम छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

