चिनियाँ नेता लिउले माधव नेपालसँग अपरान्ह भेट गर्ने
जानकारी केन्द्र
२०७९, असार, २८
२८ असार २०७९, काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चोओबीच भेटवार्ता हुने भएको छ। उनीहरुबीच मंगलबार अपरान्ह ४ बजेपछि भेट हुने बताइएको छ। नेता नेपाल निकट एक नेताका अनुसार नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ।
नेपाल भ्रमणमा रहेका नेता लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन्। लिउ अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। बिहान १० बजेदेखि बालकोटमा रहेका लिउसँगको वार्ता अझै जारी छ।
लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सँग पनि भेट्न कार्यक्रम छ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
