हस्तकलाको निर्यात ८० प्रतिशतले बढ्यो
काठमाडौं । कोभिड महामारीका कारण सङ्कटमा परेको हस्तकला व्यवसाय बिस्तारै लयमा फर्कन थालेको छ। हस्तकला व्यवसायीहरूका अनुसार काठमाडौँ उपत्यकाभित्रका विभिन्न हस्तकला हवहरुमा पहिलेकै रौनक देख्न थालिएको छ। हस्तकलाजन्य वस्तुको उत्पादनसँगै निर्यातमा पनि वृद्धि भएको छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) को तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा हस्तकलाजन्य वस्तुको निकासी ८० प्रतिशतले बढेको छ। नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य कोभिडका कारण लामो समयदेखि सुस्ताएको हस्तकला क्षेत्र सुधारको बाटोमा अघि बढेको बताउँछन् । ‘हस्तकला क्षेत्र पहिलेकै अवस्थामा फर्किन केही समय लागे पनि हामी आशावादी छौँ । हामी पहिलेभन्दा राम्रो अवस्थामा फर्कदैछौं,’ अध्यक्ष शाक्य भन्छन् । उनका अनुसार बैंकमा तरलता अभावका कारण सिर्जना भएको कर्जा ठप्प तथा बजारमा अत्यधिक महँगीजस्ता समस्यासँग जुधेर हस्तकला व्यवसायीले उत्पादन वृद्धि गर्नु आफैमा सकारात्मक पक्ष हो । आजको कारोबार दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
