चामलको मूल्य बढ्यो
काठमाडौं । पछिल्ला एक सातामा चामलको मूल्य प्रतिबोरा १०० देखि ११० रुपियाँ बढेको छ । नेपालमा प्रतिबोरा १७ सयदेखि १९ सय रुपियाँसम्म चामल पाउने गरेको छ । भारतमा चामलको मूल्य बढेको हल्ला आउने बित्तिकै नेपालका व्यापारी मौज्दात रहेको चामलसमेत बढाउन थालेका हुन् ।
नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अनुसार पछिल्ला चाररपाँच दिनदेखि नेपालमा प्रतिबोरा चामलको मूल्य १०० रुपियाँ बढेको छ । सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले नेपाल चामलमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै चामल प्रतिकेजी पाँच रुपियाँ भारतीय बढेको हुँदा प्रतिबोरा १०० रुपियाँ बढ्नुु स्वाभाविक भएको दाबी गरे । भारतमा प्रतिकेजी पाँच रुपियाँ भारतीय बढ्दा त्यही चामल नेपालमा आइपुुग्दा १०० रुपियाँ मात्रै बढ्नुु एकदमै न्यूनतम मूल्य हो, उनले भने, “भारतमा बढेको मूल्य नेपालमा बढ्यो भने ढुुवानीसहित जोड्दा प्रतिबोरा २०० रुपियाँ हुन जान्छ ।” नेपालमा अन्य खाद्यान्न, दाल, चिनी, तेलजस्तो चामल मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्ने बित्तिकै नेपालमा बढेको उनको भनाइ छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामलका मिल तथा उद्योगी र खाद्यान्नका थोक व्यापारीसँग चामलको मूल्य बढ्नुुको कारण पेस गर्न निर्देशन दिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
