मस्कले ट्विटर नकिन्ने, ट्विटरले मस्कविरुद्ध मुद्दा दायर गर्दै
एजेन्सी । ट्विटरले इलोन मस्कको ट्विटर डिल रद्द गर्ने निर्णय विरुद्ध मुद्दा दायर गरेको छ ।
एलोन मस्कविरुद्ध अमेरिकाको डेलावेयर अदालतमा मुद्दा दायर भएको हो । मस्कले प्रतिक्रियामा ट्विटरको नाम नलिई कम्पनीलाई गाली गर्दै ट्वीट गरेका छन् । जसमा उनले ‘विडम्बनालाई हेर भनी लेखेका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले ४४ अर्ब डलरमा ट्विटर किन्ने घोषणा गरेका थिए । तर उनले हाल उक्त सम्झौता रद्द गरेका छन् ।
उनले अहिलेसम्म ट्वीटरमा फेक र स्प्याम अकाउन्टको संख्या नखुलेको आरोप लगाएका थिए । ट्विटरले यस मामिलामा भनेको छ, ‘हामीले मस्कलाई कुनै पनि हिसाबले प्रतिबन्ध लगाउनबाट रोक्नको लागि यो कारबाही गरिरहेका छौं र उहाँलाई आफ्नो कानूनी जिम्मेवारी पूरा गर्न, केही शर्तहरू पूरा गर्न र यो सम्झौता पूरा गर्न भनेको छ ।’ साथै, मुद्दामा मस्कले मर्जर सम्झौताका धेरै सर्तहरू उल्लंघन गरेको आरोप लगाइएको छ । यो पूरै एपिसोडले ट्विटरको व्यापार र छविलाई क्षति पुर्याएको आरोप पनि लगाइएको छ ।
ट्विटरले मस्कलाई प्रति शेयर ५४.२० डलरमा भएको सम्झौता पूरा गर्न चाहन्छ । यो मुद्दा दायर भएपछि अब ट्विटरको अधिग्रहणको यो लामो लडाई सुरु हुन सक्छ । मस्कले गत हप्ता ट्वीटरमा लेखेको पत्रमा ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने निर्णय गरेका थिए । उनले खरिद सम्झौताको पटकपटक उल्लङ्घन भएपछि सम्झौता रोक्ने निर्णय गरेको बताए ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
