बैंकर्स संघको साउनमा ब्याजदर नबढाउने निर्णय..
काठमाडौं । नेपाल बैंकर्स संघले साउन महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेको जनाएको छ ।
साउन महिनाका लागि वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर ११.०३ प्रतिशतसम्म नै दिने सहमति गरेका छन् । माच्छापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकर्स संघको बुधबार बसेको बैठकले असारका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको बताए ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगातार सार्वजनिक मञ्चबाटै ब्याजदर बढ्न सक्ने बताए पनि बैंकर्स संघले भने स्थिर राख्ने भएको छ । बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । बैंकहरुले पछिल्लो केही महिनामा लगानी योग्य रकमको अभावले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकामा नेपाली मुद्रामा व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा दिएको भन्दा संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १ प्रतिशत कम ब्याजदर दिन सक्ने व्यवस्था छ । यस्तै कल निक्षेपमा बचतमा दिने न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याजदर दिन सक्ने व्यवस्था छ ।
राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपको उच्च ब्याजदर र बचतको न्यून ब्याजदरबीचको अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । बैंकहरुबीच भएको भद्र सहमतिअनुसार हाल वाणिज्य बैंकहरुले व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
