५९ अंकको सुधारमा २ अर्बको कारोबार
काठमाडौं । आज बुधबार नेप्से सूचक ५९.५४ अंकले सुधार भइ २ अर्ब ४ करोड रुपैयाँको कारोबार गरेको छ ।
नेप्से सूचक ३.०९ प्रतिशतले बढेर १९८६ अंकमा रोकिएको छ । आज १८५ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ५ वटाको भने घटेको छ ।
आज ४ कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै बढ्ने क्रममा सर्किट लागेको छ । सर्किट लाग्नेमा नेपाल फाइनान्स, रिलायन्स फाइनान्स, सिइडिबी हाइड्रो र कर्पोरेट डेभलपमेन्ट बैंक छन् । यस दिन ९ अर्ब रुपैयाँले सर्वाधिक कारोबार गर्नेमा शिवम सिमेन्ट रहेको छ । मुनाफामा दोस्रो स्थानमा देखिएको एनआईसी एशियाको पनि दोस्रो धेरै कारोबार भएको छ ।
लगानीकर्ताले आर्थिक वर्ष सकिन लाग्दा लाभांशको अपेक्षामा शेयर उठाउन थालेका छन् । चौथो त्रैमाशको ब्याज, किस्ता र करको जोहो गरिसकेका लगानीकर्ताले विस्तारै शेयर खरिद गर्न थालेका हुन् । बैंकर्स संघले साउन महिनामा लागि ब्याजदर नबढाउने निर्णय गरेको प्रभाव पनि शेयर बजारमा परेको अनुमान गर्न सकिन्छ ।
त्यस्तै, केही महिनामा सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने हुँदा लगानीकर्ताहरु सर्वाधिक तल्लो विन्दुमा रहेको शेयर खरिद गर्ने होडमा छन् । यसले पनि बजारलाई सकारात्मक उछाल दिएको हो ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
