ब्रह्माण्ड चियाउने नयाँ आँखीझ्याल
काठमाडौं । चन्द्रमामा मानव पाइला टेकाउने सुरुवाती अभियानलाई नेतृत्व दिएका नासाका तत्कालीन प्रमुख जेम्स ई. वेबको नाममा राखिएको ‘जेम्सवेब स्पेस टेलिस्कोप’ले खिचेका चार थान तस्बिरले ब्रह्माण्डबारे मानव सोचलाई फराकिलो बनाइदिएको छ ।
लाखौँ पिक्सेल जडित यो टेलिस्कोपले खुला आँखाले देख्न नसकिने इन्फ्रारेड किरणको झलक मात्र देखाएको छैनः आकाशगङ्गाका ताराहरूको जन्म र तिनको अन्त्यका रङ्गीन तस्बिर सार्वजनिक गरिदिएको छ । ब्रह्माण्डबारेका मानव कल्पनालाई यी तस्बिरले ठोस आकार दिएको छ । अनि खोलिदिएको छः ब्रह्माण्ड चियाउने नयाँ आँखीझ्याल ।
अन्तरिक्षको अनुसन्धानका लागि चर्चित नासाको वर्षौंको योजना र छ महिनायताको अथक मेहनतका परिणाम बनेका छन् यी तस्बिर । ‘अनफोल्ड दी युनिभर्स’ नाम दिइएको यो परियोजनाका लागि नासाले १२ खर्ब रुपियाँ (करिब १० अर्ब अमेरिकी डलर) भन्दा बढी खर्च गरिसकेको छ । त्यही खर्चबाट निस्किएका तस्बिर नासाले अमेरिकाका राष्ट्रपति जो बाइडेनमार्फत सारा विश्वमाझ नेपाली समयअनुसार मङ्गलबार साँझपख सार्वजनिक गरेको हो । सार्वजनिक भएका चारै तस्बिरका आआफ्नै विशेषता छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
