निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन
काठमाडौं । निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् ।
६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन । मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी थन्काइएका छन् । ुकोर आई थ्रीु ल्यापटप प्रयोगविहीन बनाइएका हुन् । आयोगले किनेका उपकरण बेकामे अवस्थामा रहेकाले सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।
निर्वाचन आयोगमा जथाभावी ल्यापटप, छपाइ मेसिन किनेर प्रयोगविहीन बनाउने सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न सुझाव दिइएको हो । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रतिवेदनमा सामान किन्न अनुमति दिएर प्रयोग नगराउने निर्वाचन आयोगका पदाधिकारीलाई कारबाही गर्न सुझाएको हो । आयोगले २०७४ सालमा १० करोड ५५ लाख ४० हजार रूपैयाँको हाई स्पिड डिजिटल कलर प्रिन्टर किनेको थियो । साथै ११ करोड २८ लाख रूपैयाँ तिरिएका दुई थान स्प्रिङ डिजिटल मोनोक्रोमसमेत गरी २१ करोड ८३ लाख ४० हजारको अत्याधुनिक छपाइ मेसिन खरिद गरिएको थियो । ती सबै हाल प्रयोगविहीन अवस्थामा छन्। आजको नागरिक दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
