आज अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ बाँडफाँट
काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्राथमिक सेयर अर्थात आईपीओ बाँडफाँट भएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज असार ३० गते बिहीबार आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले असार २० गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको थियो । बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।
आईपीओका लागि १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ७९१ जनाको आवेदन रद्द भएको छ भने बाँकी १४ लाख ४५ हजार १९४ आवेदन स्वीकृत भएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापीटलले जनाएको छ ।
यसैगरी, मागभन्दा बढी आवेदन परेकोले १ लाख ८२ हजार ४७ आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँट भएको छ । यसरी बाँडफाँट गरेर बाँकी रहेको ५ कित्ता सेयर सोहीमध्ये १० कित्ता भनदा बढीको लागि आवेदन दिने ५ जनाले थप एक कित्ताका दरले सेयर पाएका छन् । साथै, कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । यस्तै सोलुखुम्बु मा नै २.८ मेगावाटको ‘सिसा खोला ए आयोजना’ निर्माण गरिरहेको छ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

